बार्सिलोना र ब्राजिलका पूर्व प्रख्यात भकुण्डो खेलाडी ड्यानी अल्भेसलाई यौन दुर्व्यवहारको आरोपमा साढे चार वर्षको कैद सजाय

इनेप्लिज २०८० फागुन १० गते ११:२४ मा प्रकाशित

बार्सिलोना र ब्राजिलका पूर्व प्रख्यात भकुण्डो खेलाडी ड्यानी अल्भेसलाई यौन दुर्व्यवहारको आरोपमा साढे चार वर्षको कैद सजाय सुनाईएको छ ।

४० वर्षीय अल्भेसलाई स्थानीय प्रहरीले जनवरी २०२३ मा बार्सिलोनाको एक रात्रीक्लबमा भएको यौन दुर्ब्यबहारको अनुसन्धानको क्रममा पक्राउ गरेको थियो।

स्पेनी सरकारी वकिलको कार्यालयको आरोप अनुसार अल्भेसले डिसेम्बर ३०,२०२२ को राती बार्सिलोनाको सटन नामक रात्रीक्लबमा २३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेका थिए । उनले बारम्बार आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

आल्भेसलाई बिहीबार बिहान दोषी ठहर गरिएको छ । उनलाई रिहा भएपछि थप पाँच वर्ष सम्म निरीक्षणमा रहने जाय पनि सुनाइएको छ ।

पीडितलाई उनले १ लाख ६३ हजार डलर कानुनी शुल्क तिर्न अनुरोध गरिएको छ। अल्वेसले पीडितसँग ९ वर्ष र छ महिनासम्म कुराकानी गर्न नसक्ने द एथलेटिक डटकमले समाचारमा उल्लेख गरेको छ ।

स्पेनका सरकारी वकिलहरूले आल्भेसलाई नौ वर्षको कारागार सजायको माग गर्दै आएका थिए।

प्रतिक्रिया