“पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतिको आधार”

इनेप्लिज २०८० फागुन १० गते ११:२९ मा प्रकाशित

“बाह्रौ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०८०”

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशक अघि स्थापना भएको संस्था हो । स्थापनाकाल देखिनै यस संस्थाले नेपालको साँस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी
नेपालको गरीमा बढाउने कार्य गर्दै आईरहेको छ । केहि दशक यता नेपालले आप्mनो लोक सँस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थालेको भएता पनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रुपमा रहनसक्ने सम्भावना भएको
नेपालको अनौठो साँस्कृतिक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ ।


यस्तो स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक सँस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको जानकारी गराउन चाहन्छौँ ।

नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र सँस्कृतिहरु रहदै आएको सर्व विदितै छ । नेपाली सँस्कृति प्रति स्वदेशी भन्दा विदेशी बढि आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिएला तर
आफ्नो पहिचान र मौलिकता बोकेका सँस्कृति प्रति स्वयं नेपाली उदासिन हुनु दुःख लाग्दो पक्ष हो । त्यसमा पनि वर्तमान युवा पिढी आफ्नो मौलिकतालाई विर्सिएर पाश्चात्य सँस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा आफ्नो सँस्कृति
प्रवद्र्धनका निम्ति कार्य गर्नु यस संस्थाको प्रमुख उद्देश्य हो । यसको लागी यस संस्थाले “पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतिको आधार” भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला
(1st International Folk Festival 2002) आयोजना गरेको थियो ।


त्यसपछि हरेक दुई दुई बर्षमा आयोजना गरी निरन्तरता दिदै आएको यस संस्थाले २०८० साल फाल्गुन १८ गते देखि फागुन २७ गते सम्म बाह्रौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला–२०८० आयोजना गर्न गइरहेको छ ।

प्रथम अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेला देखि एघारौं अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेला सम्म आइपुग्दा करिब ८५ भन्दा बढि देशका ८५०० भन्दा बढि कलाकारहरुलेघर आगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकी सहित
बिविध लोक सांँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन । आजका दिनसम्म आईपुग्दा यस संस्थाले विश्वको ७५ भन्दा बढी मुलुकमा लोक साँस्कृतिक कार्यक्रम मार्फत नेपाली लोक संँस्कृतिको पहिचान र प्रवद्र्धन गराउँदै आएको छ
। नेपाली सँस्कृति उत्थान तथा साँस्कृतिक प्रर्यटन प्रवद्र्धनको आफ्mनो अभियानलाई निरन्तता दिँदै लोक सँस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको जानकारी गराउन चाहन्छौँ । यदाकदा टेलिभिजनको पर्दामा मात्र देखिने बिदेशी लोक सँस्कृतिलाई हेर्दै आएका हामी नेपालीहरुले मेला अवधिभरी आफ्mनै घरआँगनमा नेपालको प्रस्तुति सहित प्रत्यक्ष रुपमा नियाल्न पाउनेछन्। यसले नेपालको पर्यटन र सँस्कृति प्रर्वद्धनको क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएका छौं ।

यस संस्थाले स्थानीय आयोजकहरु र विभिन्न प्रायोजकहरुको सहयोगबाटै हालसम्म एघार वटा मेलाको सफलतापूर्वक आयोजना गर्दै आज हामी बाह्रौं अन्तर्राष्ट्रिय लोक ंसाँस्कृतिक मेला २०८० सफलताका साथ सम्पन्न गराउन
गईरहेका छाँै । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगी सिद्ध हुने यस्ता कार्यक्रममा तपाईं पत्रकार साथीहरुको चाख लाग्दो र जुझारु संलग्नता रहनेविश्वास लिएका छौँ । देशको चौथो अंगको रुपमा स्थापित पत्रकारिता जगतका भरपर्दा सम्वाहकका रुपमा परिचित सम्पूर्ण पत्रकार साथीहरुलाई मेला अवधिभर मेलाको समाचार सम्प्रेसण गरि मेलाको प्रचारमा सहयोग गरिदिनुहुन आयोजक संस्था बिनम्रतापूर्वक अनुरोध गर्दछ ।

यस पटकको महोत्सव काठमाण्डौं, दाङ्ग, पोखरा र ललितपुर, जस्ता पर्यटकिय तथा ऐतिहासिक क्षेत्रमा गर्न गईरहेको जानकारी गराउन चाहन्छाँै । ऐतिहासिक तथा विश्व सम्पदा सुचिमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता
क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रोऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वद्र्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ ।

यसबाट देशको विविध सँस्कृतिक, पुरातत्विक र अन्य पर्यटकिय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा राखिएको छ । यस अन्तर्राष्ट्रिय मेलामा अष्ट्रीया, बेल्जीयम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाल लगायत राष्ट्रका विभिन्न साँस्कृतिक समुहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिने निश्चित भैसकेको व्यहोरा अवगत गराउन चाहान्छु ।

उक्त महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो सँस्कृति झल्कने भेष–भुषा लगाई साँस्कृतिक झाँकि गर्ने र आफ्नो लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्ने जानकारी गराउन चाहन्छौँ। काठमाण्डौ आसपासका बिद्यालयमा गई बिदेशी
कलाकारहरुले आफ्ना साँस्कृतिक प्रस्तुत गर्ने र बिद्यालयका बिद्यार्थीहरुको समेत साँस्कृतिक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । यस किसिमको साँस्कृतिक आदान प्रदानले बिद्यार्थीहरुमा आप्mनो लोक सँस्कृति प्रति अभिरुची बढ्ने विश्वास लिएका छौ ।

अन्त्यमा, यहि फाल्गुण १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समुद्घाटन हुने यस मेलाको तयारीका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने साथै सहकार्य गर्ने मिडिया एवं पत्रकार साथीहरु, राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय संघ संस्था, स्थानीय आयोजक, स्वंय सेवक सदस्यहरु साथैसम्पुर्ण शुभचिन्तकहरु प्रति एभरेष्ट नेपाल कल्चरल गु्रप हृदय देखि हार्दिक आभार व्यक्त गर्दछ ।

बाह्रौ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०८०

आयोजकः
एभरेष्ट नेपाल कल्चरल ग्रुप
काठमाण्डौ, नेपाल

फोन नं ०१ ४३७९

प्रतिक्रिया