अमेरिकी राष्ट्रपति जो बाइडेनले सीमामा शरणमा प्रतिबन्ध लगाउन नयाँ कार्यकारी कार्यको बारेमा विचार गरिरहेको सिएनएनले जनाएको छ ।
सिएनएनले स्रोतहरू नखुलाई ह्वाइट हाउसले आप्रवासीहरूले गैरकानूनी रूपमा पार गरेको खण्डमा अमेरिका-मेक्सिको सीमामा शरण खोज्ने क्षमतालाई प्रतिबन्धित गर्न कार्यकारी कारबाही गर्ने विचार गरिरहेको समाचारमा उल्लेख गरेको छ ।
अमेरिका-मेक्सिको सीमाको आप्रवासीको प्रवन्धमा अत्यन्तै फितलो कार्य र मामलामा व्यवस्थापन राम्रो प्रदर्शन गर्न असफल रहेको भन्दै रिपब्लिकनहरुले चौतर्फी दबाव दिई रहेका छन् । यस मामलामा बाइडेनलाई चुनावमा ठूलो असर देखिने छाटकाट देखिएको छ । सीमा भद्रगोल र बिश्वभरिबाट जताततै बाट लाखौ लाख आप्रवासीहरु भित्रिएका छन् ।
केही समय अगाडी आप्रवासीको सवालमा सामाजिक संजाल एक्सका प्रमुख इलन मस्कले आप्रवासीहरु १००० गुना ज्यादा अमेरिका प्रवेश गरेको आक्रोश व्यक्त गर्दै आफ्नो मंचमा लेखेका थिए ।
प्रतिक्रिया