अमेरिकी सांसदका उम्मेद्वार एड्रियन पोखरेलसंग डिसी महानगर क्षेत्रका भेटरन(अमेरिकी पूर्व सेना)को भेटघाट तथा समर्थन

इनेप्लिज २०८० फागुन ९ गते १:४६ मा प्रकाशित

अमेरिकी सांसदका उम्मेद्वार एड्रियन पोखरेललाई डिसी महानगर क्षेत्रका भेटरन अर्थात् अमेरिकी पूर्व सेनाहरुले भेटघाट गर्दै पूर्ण समर्थन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

गत फेब्रुअरी १९ का दिन एक महत्त्वपूर्ण भेलामा वर्तमान अमेरिकी प्रतिनिधि सभा डेमोक्र्याटिक उम्मेद्वार एड्रियन आशिष पोखरेलले अमेरिकी कांग्रेसका लागि आफ्नो उम्मेदवारी, पृष्ठभूमि, र दृष्टिकोणबारे छलफल गर्न डिएमभी नेपाली मूलका भेटरन (पूर्व अमेरिकी सेना)का समुदायका सदस्यहरूसँग भेटघाट गरे ।

भेटघाटका क्रममा पूर्व अमेरिकी सेनाका सदस्यहरूले पोखरेलको गुप्त सेवाको कार्यकाल अघि नेपाली समुदायलाई उनले गरेको सहयोग र त्यसका इतिहासमा गरेका बारेमा गहिरो चासो राखे । आफ्नो सामुदायिक सेवाको बारेमा जिज्ञाशाको जवाफ दिँदै पोखरेलले भने, “म आफ्नो कामको बारेमा प्रायः बोल्दिन किनभने म त्यसको सट्टामा केही पनि आशा नगरी सहयोगमा विश्वास गर्दछु।”

उक्त भेलामा पोखरेलले आफुले १९ बर्ष बिताएको ह्युस्टन, टेक्ससको स्मरण गरे । जहाँ उनले धेरै नेपाली र दक्षिण एसियाली व्यक्तिहरूलाई नि:शुल्क सवारी साधन चालक (ड्राइभर )तालिम, विमानस्थलबाट ल्याउने ,जागिरको प्रवन्ध गर्ने र आफ्नो व्यक्तिगत स्रोत प्रयोग गरेर बसोबासको लागि आवास प्रदान गरी सहयोग पुर्‍याएका थिए।

उनले सान ज्याकिन्टो सामुदायिक महाबिद्यालय (कलेज )नजिकैको आफ्नो समयको एक मार्मिक कथा सुनाए । जहाँ उनले भारी वर्षा भै रहेको समयमा एक युवा नेपाली विद्यार्थी सडकमा भिज्दै हिडेको देखे पछि उनले रोकेर घर ल्याएको बताए ।

उनले आफ्ना कुराहरु राख्नेक्रममा एक अर्को दुखद घटना सुनाए । उनले अगाडी भने दुर्भाग्यवश केही हप्ता पछि एक सडक दुर्घटनामा विद्यार्थी र अन्य तीन जनाको मृत्यु भयो र पोखरेललाई उनीहरूको शव नेपाल फर्काउन कोसिस गरे र फर्काएको स्मरण गरे ।

कन्टिनेन्टल एयरलाइन्स(बिमानसेवा), ह्युस्टन प्रहरी , बीएनएसएफ रेलरोड(रेलयान सडक कार्यालय )र अमेरिकी सेनामा विभिन्न जीवनयात्रामा आफूले खेलेका भूमिका बारेमा पोखरेलले बताए र देशसेवामा आफ्नो अटल प्रतिबद्धतालाई जोड दिए।

उनले भेटघाटमा पूर्व सेनाका सदस्यहरुको आत्महत्याको गम्भीर मुद्दालाई सम्बोधन गर्दै, पोखरेलले गुप्तचर समुदायका कर्मचारीहरू, प्रहरी, अग्निनियन्त्रकहरू, स्वास्थ्यकर्मीहरू, पूर्व सेनाका सदस्यहरुको परिवार, ज्येष्ठ नागरिकहरू, शिक्षकहरू, एकल काम गर्ने अभिभावक, बालबालिकाहरूलगायत अमेरिकाका “अनसंग हिरोहरू” अर्थात् अनभिज्ञ नायकहरुको लागि चिन्ता व्यक्त गरे।

उनले कांग्रेसमा किन उम्मेदवारी दिएको बारेमा चर्चा गरे। बैठकको अन्त्यमा, पोखरेलले “समुदायको लागि एकता” को लागी आह्वान गरे। उपस्थित सबैले उनको चुनाव अभियान को लागी आफ्नो पूर्ण समर्थन गर्ने वाचा गरे। यो कार्यक्रम राजनीतिक भेटघाट मात्र नभएर भावनात्मक ऐक्यबद्धताको क्षण थियो।

डिसी महानगर क्षेत्र(डिएमभी)का वेटरन अर्थात् अमेरिकी पूर्व सेनाहरुले एड्रियनलाई सशक्त रुपमा साथ र सहयोग गर्ने बचन दिएका छन् । डिसी महानगर क्षेत्रका समाजसेवी तथा लोकप्रिय अमेरिकी पूर्व सेना सदस्य (वेटरन )आशिष संग्रौला लगायतले एड्रियन पोखरेललाई जिताउन अहम भूमिका बिर्वाह गर्ने बताए ।

एड्रियन पोखरेल भर्जिनियाको गेन्सभिलमा परिवारसाथ बसोबास गर्छन भने उनि भर्जिनियाको चुनाव क्षेत्र १० बाट अमेरिकी प्रतिनिधि सभा (तल्लो सदन)को लागि सांसद पदका उम्मेदवार हुन् । स्मरण रहोस ,उनि भर्जिनिया राज्यको लागि उम्मेदवार नभई सिधै क्यापिटल हिल अर्थात् युएस रिप्रीजेनटेटिभको लागि उम्मेदारी दिई सकेका छन् ।

प्रतिक्रिया