नेदरल्याण्डबाट अमेरिका उडेको डेल्टा बिमानमा यात्रुको शरीरमा टाउको माथिबाट किरा खसेपछि एम्स्टर्डम फर्कन बाध्य

इनेप्लिज २०८० फागुन ४ गते ११:३२ मा प्रकाशित

नेदरल्याण्डबाट अमेरिका उडेको डेल्टा बिमानमा यात्रुको शरीरमा टाउको माथिबाट किरा खसेपछि एम्स्टर्डम फर्कन बाध्य भएको सिएनएनले जनाएको छ ।

गत मंगलबार डेल्टा एयर लाइन्स(बिमानसेवा) उडान १३३ एम्स्टर्डम, नेदरल्याण्ड्सबाट मिसिगनको डेट्रोइट लागि प्रस्थान गर्यो। तर उडानको एक घण्टामा एयरबस ए ३३०-३०० एम्स्टर्डमको सिफोल विमानस्थलमा बाध्य भै फर्किनु परेको समाचारमा उल्लेख गरिएको छ ।

१ घण्टा सम्म उडे पछि टाउको माथिबाट गोब्रेकिराहरु मानिसमा झरे पछि फर्कनु परेको थियो । यात्रु फिलिप स्कोट जो अहिले अमेरिकाको आयोवामा बसोबास गर्ने व्यक्ति नेदरल्यान्ड्स निवासी हुन् ,उनले आफ्नो छेउमा बसेकी महिलामा करिब एक दर्जन किराहरु देखे।

उनी रिसाएकी र उनी केवल किरालाई भगाउन खोज्दै थिइन् ,उनले त्यहाँ अन्तर्वार्तामा भने । उडान टोलीले अनुसन्धान र खोज पछि अन्ततः यात्रुको झोलामा किराहरु पत्ता लगाए । जसमा पत्रिकामा बेरिएको सडेको माछा रहेको पाए ।

त्यस पछि झोला विमानको पछाडि सारियो र विमान एम्स्टर्डम पुन फर्कने घोषणा गर्यो । केहि घण्टा पछि अमेरिकाको लागि अर्को उडानबाट यात्रीहरुलाई पठाईएको सिएनएनले जनाएको छ ।

डेल्टा एयरलाइन्सले बिज्ञप्ति जारी गर्दै ग्राहकहरूसँग माफी मागेको छ ।

प्रतिक्रिया