इजरायली विशेष फौजले नासिर अस्पतालमा प्रवेश गरी संदिग्धहरूलाई पक्राउ गरेको दावी गरेको छ ।
आईडिएफले नासिर अस्पतालमा “धेरै संदिग्धहरूलाई पक्रेको” र कारवाही जारी रहेको बताएको छ ।
आईडीएफका प्रवक्ता ड्यानियल हगारीका अनुसार पहिले हमासले अस्पतालमा धेरै बन्धकहरु बनाएको जनाएको छ ।
मृतक बन्धकहरूको शव अस्पतालमा हुन सक्छ र सेनाले त्यो प्रमाणको रुपमा सार्वजनिक नगरेको सिएनएनले जनाएको छ ।
हमासले सीएनएनलाई खान युनिसको नासिर अस्पतालमा सञ्चालन गरिरहेको कुरा अस्वीकार गरेको छ।
“हमासको अस्पतालसॅग कुनै सॅलग्नता छैन,” हमासको राजनीतिक बिभागका सदस्य मुहम्मद नाज्जलले बिहीबार सीएनएनलाई बताए ।
प्रतिक्रिया