अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा रोजामा एक १४ बर्षिय बिधार्थीले तीन आयाम मुद्रण ( थ्रीडी प्रिन्टर) प्रयोग गरि बन्दुक निर्माण गरेको आरोपमा पक्राउ गरिएको छ ।
सान्टा रोजाको एक उच्च बिद्यालयका १४ वर्षीय विद्यार्थीलाई तीन आयाम मुद्रण (थ्रीडी प्रिन्टर )प्रयोग गरी बन्दुक निर्माण गरेको आरोपमा बुधबार पक्राउ गरिएको हो ।
सान्टा रोजा प्रहरीका अनुसार गिरोह अपराध टोलीका जासूसहरूले अनुसन्धानको एक भागको रूपमा २३०० भवनसमूहमा रहेको घरमा बिहान ११ बजे पक्राउ पूर्जी जारी गरेका थिए । जासूसहरूका अनुसार उनीहरूले ३ आयाम भएको मुद्रण (थ्रीडी प्रिन्टर) र अन्य सामग्री फेला पारेको बताए ।
साथै खोजीमा गोला बारुद र गिरोह सामग्री पनि भेटिएको छ । जसमा मुख्यतया रेखाचित्र र हस्तलिखित वस्तुहरू थिए।
खोजीको क्रममा उनि १४ बर्षिय मोन्टगोमेरी हाई स्कूल( उच्च माध्यमिक)मकक्षामा थिए। जासूसहरूले शिक्षकलाई सावधानीपूर्वक कक्षाबाट हटाउन निर्देशन दिए।
प्रहरीले किशोरलाई कुनै घटना नगरी हिरासतमा लिएर किशोरलाई सभाकक्षमा लगिएको बताएको छ । उनीमाथि क्रमानुसार (सिरियल )नगरिएको हतियार राखेको, नाबालिग बन्दुक राखेको र गैरकानूनी बन्दुक बनाउने तथा गिरोह बृद्धि गरेको आरोप लगाईको छ ।
अधिकारीहरुका अनुसार विद्यार्थीको खण्ड दराज (लकर) पनि खोजिएको थियो । जासूसहरूले थप गिरोह सामानहरू फेला पारे तर कुनै हतियार फेला नपरेको प्रहरीले बताए ।
तस्बिर कृतज्ञता : सान्टा रोजा प्रहरी बिभाग
प्रतिक्रिया