गत आइतबार सम्पन्न अमेरिकी फुटबल(भकुण्डो) प्रतियोगितामा बिजयी टोली रहेको क्यान्सस सिटी )चिफ्स )को बिजयी जुलुस उत्सवमा १९ जना माथि गोली प्रहार भएको छ ।
प्रहरीले बताए अनुसार हाललाई २९ जनालाई उपचार गरिएको छ ।
सिएनएनका अनुसार क्यान्सस सिटी(शहर)मा गोली लागेर घाइते भएका १९ जनासहित कम्तीमा २९ जनाको उपचार गरिएको जनाएको छ ।
क्यानसस सिटी मिजौरीमा अमेरिकी फुटबल (सुपर बाउल)का विजेताले बुधबार धुमधाम सँग उत्सव मनाउदै गर्दा गोलाबारी भएको हो ।
क्यान्सस शहरका प्रहरी प्रमुख स्टेसी ग्रेभ्सले एक पत्रकार सम्मेलनमा घटनामा २२ जनालाई गोली लागेको बताए। जसमध्ये एकको चोटपटक लागेर मृत्यु भएको बताए ।
त्यहाको युनिभर्सिटी हेल्थ ट्रुम्यान मेडिकल सेन्टर(चिकित्सा केन्द्र)ले १२ जना पीडितहरू प्राप्त गरेको र जसमध्ये आठ जनालाई बन्दुकको गोली लागेको जनाएको छ । चिकित्सक मार्क स्टिलले गोली लागेका मध्ये २ जनाको अवस्था गम्भीर रहेको र ६ जनाको अवस्था स्थिर रहेको स्टिलले बताए ।
क्यान्सस स्वास्थ्य प्रणाली विश्वविद्यालयले घटनाबाट एक बन्दुकको गोली पीडितको उपचार गरिरहेको जनाएको छ। चिल्ड्रेन (बाल)मर्सी अस्पतालले घटनाबाट १२ जना बिरामीहरू प्राप्त गरेको छ । तीमध्ये ११ जना ६ देखि १५ वर्षका बालबालिका रहेको र नौ जनालाई गोली लागेको बताईएको छ ।
सबै बिरामीहरू पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । त्यस्तै तीन जना बिरामीहरू कन्सास शहरको सेन्ट ल्यूक अस्पतालमा गएका छन् । उनीहरु सबैलाई सामान्य चोट लागेको छ ।
प्रतिक्रिया