एक्सन सिनेमाप्रेमी दर्शक हरुका लागी : द बिकीपर

नवीन रायमाझी २०८० फागुन २ गते २२:५८ मा प्रकाशित

“इन्ड अफ वाच (२०१२)” र “द ट्याक्स कलेक्टर (२०२०)” जस्ता “एक्सन थ्रिलर’ सिनेमा का निर्देशक डेभिड एअर आफ्नो नयाँ सिनेमा “द बिकीपर” लिएर आएका छन्, जो गत महिना रिलिज भएको हो । अमेरिका लगायत सँसारका प्राय सबै देश मा हुने “फ़िशिङ्ग” अर्थात इन्टरनेट बाट हुने ठगी को कथा मा आधारित यो सिनेमा वीभत्स एक्शन दृश्य ले भरिएको छ । तपाईं को फोन मा प्रलोभन सहित को एउटा एस एम एस अर्थात टेक्स्ट आउने र कुनै ब्यक्ति लोभिएर त्यो लिङ्क थिच्ने बितिकै तपाईं को बैंक खाता मा रहेको सबै पैसा गायब हुने र त्यो पैसा कता पुग्छ भन्ने बिषय आज को दिन सम्म पनि सुरक्षा एजेन्सी हरुको टाउको दुखाइ को बिषय रहेको छ। यो मुख्य बिषय लाइ आधार मानेर निर्देशक एअर ले कुर्ट विमर को कथा लाइ बढो रोचक सिनेमा को निर्माण गरेका छन्।

सिनेमा को कथा अनुसार अमेरिका को कुनै दुर्गम गाउँ मा मौरी पालन गर्ने एक किसान एडम क्ले (जेसन स्टेथम) आफ्नो पेशा गरेर बसेका छन् । उनको छिमेकी महिला इलोसी पार्कर (फिलिसिया रसद) सँग उनको सुमधुर सम्बन्ध छ। एक दिन क्ले आफुले उत्पादन गरेको मह उपहार दिन आउँदा पार्करको मृत्यु भएको हुन्छ। प्रहरीले शङ्काको आधार मा उनलाई पक्राउ गर्छ र यो घटना को अनुसन्धान मृतक महिला कि छोरी भेरोना पार्कर ( एमी लेबर लेम्पम्यान) गर्दैछिन, जुन घटना मा उनको निजि भाबना पनि जोडिएको हुन्छ। बास्तब मा क्ले त्यी ठग हरुको पता लगाउन सक्रिय एक गोप्य सँघठन को एक सदस्य हो, जुन रहस्य सी आइ ए का पुर्ब निर्देशक (जेरेमी आइरन्स) लाइ मात्र थाहा छ। कसैले बिश्वास नगरेको क्ले को रहस्य कसरी खुल्छ र बिकिपर केवल मौरी पालक मात्र नभएर संगठीत अपराधी हरुलाई तह लगाउन स्थापना गरिएको एउटा गोप्य सँघठन हो भन्ने थाहा पाउन को लागी सिनेमा नै हेर्दा रमाइलो हुन्छ।

अभिनय को कुरा गर्दा बि किपर को भूमिका मा स्टेथम ले उत्कृष्ट अभिनय गरेका छन्, उनको बलिष्ट शरीर को कारण पनि एक्सन दृश्य बास्तबिक जस्तो लाग्छ। दुष्ट श्रीमती र दुर्व्यसनी छोरो को अगाडी लाचार श्रीमान को भूमिका मा आइरन्सको अभिनय स्वाभाविक छ, अन्य कलाकार ले पनि सामान्य भन्दा माथि कै अभिनय गरेका छन्, जसको श्रये निर्देशक एअर लाइ जान्छ। जारेड माइकल फ्रे र डेभिड सर्डे को सङ्गीत, ग्राबिल ब्रिस्टिन को छायाँकन र जियोब्री ओ ब्रिन को सम्पादन पनि आफ्नो आफ्नो स्थान मा उत्कृष छ। सिनेमा को प्राबिधिक पक्ष मा कुरा गर्दा सबैभन्दा उत्कृष्ट काम निर्देशक एअर पछि द्वन्द निर्देशक डिओने रेटन को छ/ उनले डिजाइन गरेको विभत्स स्टन्ट दृश्य र उनलाई साथ् दिने सबै स्टन्ट म्यान हरु बधाई का पात्र छन्।

तपाई एक्सन सिनेमा को दर्शक हुनुहुन्छ र अँग्रेजी भाषा मा दखल छ भने करिब एक घन्टा ४५ मिनेटको यो सिनेमा एक पटक अबश्य हेर्नुहोला तर एक्सन सिनेमा प्रति खासै रुचि नभएका हरुको लागी यो सिनेमा काग लाइ बेल पाक्यो हर्ष न बिस्मात जस्तो हुनसक्छ।

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया