डिसीमा  तीन प्रहरी अधिकारीमाथी गोली प्रहार, तीनै जना खतरा मुक्त

इनेप्लिज २०८० फागुन २ गते १९:३७ मा प्रकाशित

अमेरिकाको राजधानी वासिगटन डिसीमा तीन जना प्रहरी अधिकारीहरूलाई  गोली हानिएको छ ।

चौथो प्रहरीले बुधवार बिहान गोलाबारीको जवाफ दिँदै गर्दा सामान्य चोट लागेको अधिकारीहरूले बताएका छन ।

 राजधानीमा गोलीबारी पछि क्षेत्रीय अस्पतालहरूमा उपचार भइरहेको र उनिहरु खतरामुक्त रहेको सिविएसन्यूजले समाचार लेखेको छ ।

चौथो प्रहरी अधिकारीको चोट भने बन्दुकको गोली लागेर नभएको प्रहरीले जनाएको छ । र, कुनै अन्य विवरण तत्काल उपलब्ध नगराएको समाचारमा उल्लेख छ ।

प्रहरी सॅघले आफ्ना ३  सदस्यलाई एक संदिग्ध व्यक्तिले गोली हानेको र गोली लागेर घाइते भएकालाई क्षेत्रीय अस्पतालमा लगिएको बताएको छ।

घटना पछि सडकहरू बन्द गरिएका थिए भने दक्षिणपूर्वी भागमा विधालयहरु ताला लगाइएका थिए ।प्रहरीले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन चेतावनी दिएको थियो ।

प्रतिक्रिया