तामाङ्ग समाज ग्रेटर वाशिंगटनलको सोनाम ल्होछार उत्सव -२०२४ भब्य रुपमा सम्पन्न

इनेप्लिज २०८० फागुन १ गते १९:५७ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित प्रतिष्ठित संस्था तामाङ्ग समाज ग्रेटर वाशिंगटनले सोनाम ल्होछार समारोह -२०२४ भब्य तथा सफलतापूर्वक सम्पन्न भएको छ ।

गत फेब्रुअरी १० ,२०२४ का दिन शनिबार भर्जिनियाको हर्नडन शहरमा विविध कार्यक्रम सहित अपार सफलतापूर्वक समापन गरेको छ ।

स्थापना काल देखि नै समुदायलाई समेट्दै सफलतापूर्वक समारोह गर्दै आएकोमा यस बर्ष पनि त्यसरी नै त्यस्तै उत्साह र उमङ्गको साथ अजिङ्गर (ड्रागन )बर्ष मनाएको छ।

कार्यकमको सभापतित्व संस्थाका अध्यक्ष दावा तामाङ्गले गरेका थिए । उक्त कार्यक्रममा बिशेष अतिथिमा डेविड विलिम्स ( लामा गोन्पो ) तथा कुन्जांग पाल्युप मोनसट्रीबाट एनी एलिन रहेका थिए । प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा सम्मान कार्यक्रम पनि राखिएको थियो ।

कार्यक्रम साँझ ६:२५ बजे सुरु भएको थियो भने समारोह प्रारम्भमा ल्होछारको उद्घाटनबाट गरिएको थियो । संस्थाका महासचिव हेमकला तामाङ्गले स्वागत मन्तब्य राखेकी थिइन् ।

संस्थाका संस्थापक डिग बहादुर तामाङ्गले ल्होछार बारेमा प्रकाश परेका थिए भने दुताबासका कुमार खरेलले शुभ कामना दिएका थिए । औपचारिक कार्यक्रममा सुमित्रा लामाले ल्हास्सो फ्याफुल्ला नमस्ते स्वागत गीत प्रस्तुत गरेकी थिइन् भने संस्कृति लामा तथा केर्लोन गुरुङले सयुक्त रुपमा तामाङ्गकि चेली भीमफेदी गाइज नामक गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै संस्थाकै मेरुदण्ड तथा पूर्व पदाधिकारीहरु क्रमस डिग तामाङ्ग ,उत्तर दोङ्ग ,पेमा दोङ्ग तथा रत्ना तामाङ्गले हे स्यान्ग्बो नामक गीत प्रस्तुत गरेका थिए । यसै गरि सांस्कृतिक कार्यक्रममा अलिशा गुरुङ ,मनु लामा ,स्मृति लामा ,काजल घिसिङ्ग तथा मुना लामाले तामाङ्ग नृत्य प्रस्तुति गरेका थिए ।

मिलन लामाले स्वागत सेलो गीत, मुना लामाले नृत्य तथा अग्रणी शाही ,श्रेया श्रेष्ठ,आर्शिया शर्मा ,बिन्ध्या काफ्ले तत्जा दिलाशा मिश्राले सामूहिक नृत्य प्रस्तुति गरेका थिए।

त्यस्तै गरि बाल्टिमोरका युवा गायक राजल लामाले दुई वटा गीत प्रस्तुत गर्नुको साथै अस्त्र ब्याण्ड(संगीत मण्डली)ले केही गीतहरु प्रस्तुत गरेका थिए । उक्त सांगीतिक समारोहमा अलिशा आचार्यले नृत्य ,मिलन लामाले तामाङ्ग सेलो गीत प्रस्तुत गरेका थिए । मिलन लामा तथा सुमित्रा लामाले लोक दोहोरी प्रस्तुत पछि अन्त्यमा राजु लामा सहितको एन्जल्स ब्याण्ड(संगीत मण्डली)ले गीतहरु प्रस्तुत गरेको थियो ।

समारोह हर्नडन सामुदायिक केन्द्रमा भएको थियो भने सबैलाई स्वादिष्ट रात्री भोजन खुवाईएको थियो । औपचारिक कार्यक्रम संचालन महासचिव रोजी घिसिङ्ग तामाङ्ग तथा सांस्कृतिक कार्यक्रम संचालन राजश्री श्रेष्ठले गरेका थिए ।

कार्यक्रमको साउन्ड/लाइट RL sound and Light (राजु लामा ) द्वारा गरिएको थियो।

प्रतिक्रिया