भर्जिनिया फेयरफ्याक्सका एक मानिसलाई १२ पाउण्ड गाँजा सहित लागूऔषध र हतियारहरू बरामद भए पछि पक्राउ

इनेप्लिज २०८० फागुन १ गते १३:१३ मा प्रकाशित

भर्जिनिया फेयरफ्याक्सका एक मानिसलाई १२ पाउण्ड गाँजा सहित लागूऔषध र हतियारहरू बरामद भए पछि पक्राउ गरिएको छ ।

प्रहरीले १२ पाउण्ड भन्दा बढी गाँजा, अन्य अवैध लागूऔषध र धेरै हतियारहरू बरामद गरेपछि पक्राउ गरेको फेयरफ्याक्स काउन्टी प्रहरी विभागले गत सोमबार एक विज्ञप्तिमा जनाएको छ ।

प्रहरीले फेयरफ्याक्सको समिट ड्राइभ नामक मार्गको ५१०० भवन समूह (ब्लक)मा रहेको एउटा घरमा खोजी गर्दा १२ पाउण्ड बरामद गरेपछि २६ वर्षीय इभान्डेलोस कुकिसलाई गत फेब्रुअरी ८ मा पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

उनीसँग १२ पाउण्ड गाँजा,५ पाउण्ड च्याउ, कोडिन ,टिएचसि मैन तथा तीन वटा हतियारहरू प्रहरीले फेला पारेको छ । फेयरफ्याक्स काउन्टी प्रहरी विभागका अनुसार उनलाई पक्राउ पूर्जी जारी गरि व्यापक लागू औषध अनुसन्धान पछि उनलाई समातिएको हो । उनलाई यसै सम्बन्धमा बिभिन्न आरोपहरु लगाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया