अमेरिकी सिनेटले इजरायल, ताइवान र युक्रेनका लागि सहायता विधेयक पारित गरेको छ । यता अमेरिकी प्रतिनिधि सभाका सभामुखले यो पारित बिधेयक आफ्नो सभाकक्षमा मत नल्याउन सुझाव दिएका छन् ।
सिनेट रिपब्लिकनले द्विपक्षीय सीमा सम्झौता अवरुद्ध गरेको एबिसीन्यूजले जनाएको छ ।
अन्तत्वगत्वा अमेरिकी सिनेटरहरूको द्विदलीय समूहले इजरायल, ताइवान र युक्रेनका लागि ९५ बिलियन विदेशी सहायता बिधेयक (बिल )पारित गरेको छ। रिपब्लिकनका केही नेताहरूले यस्तो कानूनको विरोध गरेका छन्।
सिनेटले मंगलबार प्रारम्भिक विधेयकलाई अनुमोदन गर्न हुन्छ भन्ने पक्षमा ७० र हुदैन भन्ने पक्षमा२९ मतदान गरेको छ । २२ जना रिपब्लिकन सिनेटरहरूले अन्तिममा समर्थन गरे।
युक्रेनका लागि ६० अर्ब डलरको विरोधमा रिपब्लिकनहरूको सानो समूहले रातभरि सिनेटको सभाकक्षमा राखेपछि अन्तिममा मतदान भएको हो । अमेरिकाले विदेशमा थप पैसा पठाउनु अघि आफ्नै समस्याहरूमा ध्यान केन्द्रित गर्नुपर्छ भनी बहसको अन्तिम समय सम्म प्रयोग गर्दै एक दर्जन भन्दा बढी रिपब्लिकनहरूले लगभग सबै डेमोक्र्याटहरूसँग सहायता बिधेयक ७०-२९ मतले पारित गरेका छन् ।
मतदानमा युक्रेनलाई सहयोग नगर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हौसला हुने र विश्वभर राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्छ भन्ने बिषयमा छलफल पछि मतदानमा दुवै दलले भाग लिएका थिए ।
“सिनेटले हाम्रो राष्ट्रिय सुरक्षालाई मात्र नभई हाम्रा सहयोगीहरूको सुरक्षामा मात्र नभई पश्चिमी लोकतन्त्रको सुरक्षामा पनि ठूलो प्रभाव पार्ने विधेयक सिनेटले पारित गरेको वर्षौं, सायद दशकहरू भइसकेका छन्,” सिनेट बहुमतका नेता चक शुमरले भने।
प्रतिक्रिया