इण्डियन आइडल बाट फर्के पछी मेनुका पौडेल भन्छिन नेपाल र इण्डिया मात्रै होइन, मेरो विश्व खाने योजना छ (भिडियो सहित)

इनेप्लिज २०८० माघ २९ गते २२:५८ मा प्रकाशित

इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेल यतिबेला काठमाडौंमा छिन् । केही दिनअघि राजधानीमा आइपुगेकी उनलाई अन्तर्वार्ता दिन र समारोहमा भाग लिन भ्याइनभ्याइ छ ।

मेचीपुल हुँदै नेपाल आएकी उनलाई गृहजिल्ला झापामा भव्य स्वागत भएको थियो । इण्डियन आइडलको जारी १४ औं सिजनको अन्तिम १० बाट बाहिरिएकी मेनुकाको प्रसिद्धि यतिबेला चुलिएको छ । इण्डियन आइडलले दिलाएको चर्चाले उनको सांगीतिक करिअरलाई पूरै मोडिदिएको छ ।

काठमाडौंमा एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै मेनुकाले आफ्नो विश्व खाने योजना रहेको बताइन् । ‘मेरो विश्व खाने योजना छ, नेपाल र इण्डिया त… । म्युजिकबाट मैले विश्व खानैपर्छ,’ उनले भनिन् ।

https://www.youtube.com/watch?v=XtKJOZKIK8Y

प्रतिक्रिया