अमेरिकाको उत्तरपूर्वमा मंगलबार न्यूयोर्क सहित १ फिट हिउ पर्ने हुँदा न्यूयोर्कका नगर प्रमुखद्वारा सतर्कता अपनाउन आह्वान

इनेप्लिज २०८० माघ २९ गते १८:०७ मा प्रकाशित

अमेरिकाको उत्तरपूर्व राज्यहरुका केही भागहरुमा आगामी मंगलबार न्यूयोर्क शहर सहित १ फिट हिउ पर्ने हुँदा न्यूयोर्कका नगर प्रमुख एरिक एडम्सले सावधान ,सतर्कता अपनाउन आह्वान गरेका छन् । उनले सार्वजनिक बिद्यालय समेत बन्द हुने भएको घोषणा गरे ।

तीव्र गतिमा चल्ने हिमपात २४ घण्टाभन्दा कम रहने एबिसीन्यूजले जनाएको छ । हिमपात उत्तरपूर्व तर्फ लक्ष्य लिइरहेको र मङ्गलबार बिहान सवारी साधनलाई समस्या गर्ने हुनाले प्रमुख शहरहरूमा अझै हिमपातको कारण विनाश गर्न सक्छ।

न्यु योर्क शहरको सार्वजनिक विद्यालयहरू जुन अमेरिकाकै सबैभन्दा ठूलो प्रणाली रहेकोले मंगलबार बन्द हुनेछ । कक्षाहरू दूर शिक्षा प्रणाली (भर्चुअल )बाट गरिने एडम्सले घोषणा गरे। साथै म्यासाचुसेट्स राज्यको बोस्टन शहरका बोस्टन सार्वजनिक बिद्यालयहरू पनि मंगलबार बन्द हुनेछन्।

द्रुत गतिको हिमपातको कारण न्यूयोर्क शहरमा सोमबार राति वर्षासँगै सुरु हुनेछ। रातभरी आएको वर्षाको कारण हिउँमा परिवर्तन हुनेछ । हिउँ आँधी /तुफान बिहान ७ बजेदेखि मंगलबार दिउँसोसम्म रहने अनुमान गरिएको छ।

हिमपातको दर न्यूयोर्क शहरमा १ देखि २ इन्च प्रति घण्टा र न्यूयोर्क शहरको भित्री भागमा ३ इन्च प्रति घण्टा पुग्न सक्ने छ । हिमपातको कारण बिहानको यात्रा धेरै खतरनाक हुनेछ ।

त्यस्तै २० देखि ४० माइल प्रति घण्टाको बीचमा हावाहरू पनि चल्नेछ। बोस्टनमा प्रतिघण्टा ३ देखि ४ इन्चको दरले अत्यधिक भारी हिमपात हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

बोस्टनमा ८ देखि १२ इन्च हिउँको अपेक्षा गरिएको छ, जबकि बोस्टनको पश्चिमको उपनगरहरूमा १२ देखि १८ इन्च हिउँ पर्नेछ। न्यूयोर्क शहर र लङ आइल्याण्डमा ४ देखि ८ इन्च सम्म पुग्ने पूर्वानुमान गरिएको छ । यसैगरी वेस्टचेस्टर काउन्टी, न्यूयोर्क र उत्तरी न्यू जर्सीमा ८ देखि १२ इन्च हिमपात हुनेछ ।

न्यूयोर्कको हडसन उपत्यकामा १२ देखि १८ इन्चसम्म हिउँ पर्न सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया