अमेरिकामा सम्पन्न ५८ औ एनएफएल अमेरिकी भकुण्डो प्रतियोगितामा क्यानसस सिटीले सान फ्रान्सिस्कोलाई अतिरिक्त समयमा २५-२२ ले हरायो

इनेप्लिज २०८० माघ २९ गते १२:४७ मा प्रकाशित

अमेरिकामा गत फेब्रुअरी ११ आइतबारका दिन लस भेगासमा सम्पन्न ५८ औ एनएफएल अमेरिकी फुटबल (भकुण्डो )प्रतियोगिताको अन्तिम खेलमा क्यानसस सिटी अर्थात् चिफ्सले सान फ्रान्सिस्को अर्थात् फोर्टीनाइनयर्स (४९अर्स) लाई अतिरिक्त समयमा २५-२२ ले हराएको छ ।

क्यानसस सिटी(शहर)का क्वार्टरब्याक प्याट्रिक महोम्सले आफ्नो टोली चीफ्सलाई दोश्रो बर्ष सहित लगातार बिजय दिलाएका छन् । पत्रपत्रिकाले उनको प्रशंसा गर्दै महोम्स आफ्नो पुस्ताको उत्कृष्ट क्वार्टरब्याक मात्र होइन उनि सबै समयका उत्कृष्टमध्ये एक हुन् भनि चर्चा गरेका छन्।

लस भेगासकोको एलिजियन्ट रंगशालामा सम्पन्न अन्तिम सुपर बाउलमा चिफ्सले सान फ्रान्सिस्को अन्तिम समयमा २५-२२ ले हराउदै यस बर्षको बिजेता बनेको छ ।

चिफ्सका प्रमुख प्रशिक्षक एन्डी रीडले पाँच मौशममा तीनवटा उपाधि जितेका छन्। त्यस्तै न्यू इङ्ल्यान्ड प्याट्रियट्सले २००३-०४ र २००४-०५ मा यस्तै दुई बर्ष सम्म लगातार उपाधि जित्ने पहिलो टोली थियो भने हिजो भएको खेलमा यसरी नै लगातार दोश्रो पटक बिजयी हुने चिफ्स दोश्रो खेल टोलि भएको छ ।

बिजयी भए पछि पत्रकारसंग कुराकानी गर्दै आज राती उत्सव मनाउने छु,महोम्सले भने। म जुलुस यात्रा (परेड)मा मनाउने छु। र ,त्यसपछि म अर्को वर्ष यो खेलमा फर्कनका लागि जे पनि गर्न सक्छु र ३ पटक लगातार बिजयी हुने प्रयास गर्नेछु।

क्वाटरवब्याक महोम्सले गत वर्षको अन्तिम खेलमा फिलाडेल्फिया ईगल्सलाई पराजित गरेका थिए । अमेरिकी फुटबल(भकुण्डो)मा कुनै पनि टोलीले अहिले सम्म लगातार तीन पटक सुपर बाउल (अन्तिम खेल)जित्न सकेको छैनन । मध्यान्तर सम्म १० -० मा रहेको क्यान्सस सिटी खेल टोलीले मध्यान्तर पछि खेल रणनीति परिवर्तन गर्दै अन्ततगत्वा बिजयी भएको छ ।

इतिहासकै अहिले सम्म कै खेल मध्ये अत्यन्तै प्रतिस्प्रद्धा रहेको खेलमा अन्तिम समयमा अतिरिक्त समय बढाउनु परेको थियो । साथै खेलमा नयाँ नियम हिजै देखि लागु गरिएको थियो ।

मध्यान्तरमा अमेरिकी चर्चित गायक अशर रेमण्ड चोथोले बिसेष प्रस्तुति दिएका थिए भने उनलाई एलिसिया किज,एच.ई. आर। लिल जोन ,लुडाक्रिस ,विलियम तथा जर्मिन डुप्री लगायतले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया