विश्व रक्तदाता अर्जुन मैनालीद्वारा सामाजिक संजालमा श्रीमतीलाई आज परलोक जाँदैछु भन्दै देहत्याग -हार्दिक श्रद्धाञ्जली !

इनेप्लिज २०८० माघ २९ गते ११:४४ मा प्रकाशित

अत्यन्तै दुखद र अपत्यारिलो खबर : अमेरिकाको नर्थ क्यारोलाइना बस्दै आएका समाजसेवी तथा विश्व रक्तदाता अर्जुन मैनालीलद्वारा सामाजिक संजालमा श्रीमतीको नाममा सन्देश छोड्दै परलोक जाँदैछु भन्दै देहत्याग गरेका छन् ।

उनले आफ्नै सामाजिक संजाल(फेसबुक-मेटा)मा भावुक पत्र आफ्नी श्रीमतीलाइ लेख्दै साला र सालाकि श्रीमतीले गाली बेइज्जत गरेको आरोप लगाउदै आफ्नो प्राण त्याग गरेका छन् । यो खबरले सबैलाई स्तब्ध ,आश्चर्य बनाएको छ । इश्वरलाई यो साचो नभइ दिए हुन्छ भनि सामाजिक संजालमा प्रार्थनाको ओइरो लागेको छ ।

मैनाली रगतदानमा नेपाली समुदायलाई योगदान गर्ने सबै भन्दा सक्रिय र अत्यन्तै परोपकारी पनि हुन् । उनले आफ्नो सामाजिक संजालफेसबुक(मुहार पुस्तिका)मा आफ्नो र श्रीमतीको तस्बिर समेत राखी भाबुक कुराहरु लेखेका छन् । उनले सहयोग नगरेको कुनै पनि स्थान रिक्त रहेको छैन । उनले नेपालको दूरदराज देखि सामाजिक संजालमा कुनै पनि आपत बिपत दुखद र आर्थिक अप्ठ्यारो परेका बिश्वका कुनै पनि कुनामा रहेका नेपाली समुदायलाई सहयोग गरेको इतिहास छ ।

स्व मैनालीले सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहे भन्दै प्राण त्याग्नु अघि उल्लेख गरेका छन् ।

मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला ,यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दिएको जनाएका छन् ।

उनले अगाडी अझ यस्तो लेखेका छन् : उसले आफ्नो स्वास्निको गर्मीलाई शीतल बनाउन तिम्रो घरबार बिगार्यो,बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिए पनि पूर्ति हुन सक्ला त?

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएको समेत उनले लेखेका छन् । उनले गतबर्ष अमेरिकामा ५० हजार जना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ भन्दै अझ मार्मिक शब्दहरु प्रयोग गरेका छन् ।

उनले छोरा-छोरी (अमुन-अमित) र आमामा कृतज्ञ भएको उल्लेख गरेका छन् । पत्नीलाई असल भएको र छोरा-छोरी पनि असल नै भएको उल्लेख गरेका छन् । साथै जागिर पनि राम्रै भएको र सबै सत्यनास भएको उनले चर्चा गरेका छन् ।

अब मैले बारबार जन्म लिनु नपरोस र पुनर्जन्म भएमा फेरिपनी तिमीलाई नै पाउँ भन्दै ज्यादै मार्मिक शब्द प्रयोग गरेका छन् । साथै जस्तो सुकै गाह्रो परिस्थिती आए पनि हतोत्साहित नहुनु र धैर्य धारणा गर्न सक्ने शक्ती मिलोस भन्दै पत्नीबाट बिदा लिएका छन् ।

उनले अन्त्यमा ॐ नम शिवायको साथै गायत्री मन्त्र ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात भन्दै सन्देश पूर्ण बिराम गरेका छन् ।

इनेप्लिज परिवार यस दुखद घडीमा भावपूर्ण श्रद्धान्जली तथा शोक संतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

स्व अर्जुन मैनालीले सामाजिक संजालमा लेखेको दुखद सन्देश जस्ताको त्यस्तै :

प्यारी श्रीमती तारा,
धेरै धेरै माया!
आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरुका ९-१० बर्षकी छोरी, १३-१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिय, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन । उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिय पनि पुर्ती हुन सक्ला त?

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, ‘यो कारमा को आएको छ’? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन ।

गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभुती हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दु:खत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन । मैले बिगत ३६ सम्म गरेका कर्म-धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन । प्रेरित हुन । अरु के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज बिगत १ बर्षदेखिको दु:ख सकिदै छ ।

म, तिमी, छोरा-छोरी (अमुन-अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा-छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री पर्‍यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस । यदी परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिती आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ती मिलोस । तिम्रो श्रीमान । ॐ नम शिवाय !

ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात॥

यदि तपाईहरु अमेरिकामा हुनुहुन्छ भने यदि तपाई वा कसैलाई आत्महत्या सम्बन्धी मनमा कुराहरु खेलिरहेका छन् भने कृपया ९८८ वा ९११ मा तुरुन्तै सम्पर्क गर्नुहोला।

तपाईहरूलाई लागि सम्पूर्ण सहयोग र अरु उपाय तपाईहरुले पाउनुहुनेछ। आफ्नो नेपाली भाषामै पनि उनीहरुले गोपनियताको साथ सम्पर्क गर्ने र कुराकानी गर्न सहयोग गर्नेछन ।

प्रतिक्रिया