अमेरिका नेपाल शिक्षा सदनको आठौ बार्षिक उत्सवसंगै सरस्वती पूजा सम्पन्न ,अमेरिकामा जन्मेका नेपाली बालबालिकाहरुको गरे बेजोड प्रस्तुती

इनेप्लिज २०८० माघ २८ गते २१:१७ मा प्रकाशित

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा स्थापित चर्चित गैर मुनाफा सामाजिक सँस्था अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस ) को नेपाल शिक्षा सदनको आठौ बार्षिक उत्सव विविध कार्यक्रमको साथ सम्पन्न भएको छ l

फेब्रुअरी ११ आइतबारका दिन सम्पन्न मनाससकै एक बिद्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बिधार्थी,अभिभावक,अतिथि ,शिक्षक ,समाजसेवी ,संस्थाका पदाधिकारीहरु सहितको उपस्थितिमा भब्यताको साथ समापन गरियो ।

बिशेष अमेरिकामा जन्मेका तथा नेपाली बालबालिकाहरुका लागि भाषा संस्कृति तथा नेपालको परिचय सम्बन्धी मुख्य लक्ष्य लिएर स्थापना भएको उक्त नेपाली पाठशालाको औपचारिक रूपमा फेब्रुअरी ६, २०१६ देखि संचालनमा आएको हो l

अमेरिका नेपाल शिक्षा सदन एएनएचएसको शिक्षा संकाय हो भने यसले पढाउने जिम्मेवार लिएको हो l बिगत ८ बर्ष पहिला देखि स्थापित यो प्रतिष्ठानले प्रत्येक हप्ता आइतबारका दिन नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा संस्कृती,नैतिक शिक्षा तथा नेपाल परिचय सम्वन्धी कक्षा सन्चालन गर्दै आइरहेको छ l

आज भएको ८ औ बार्षिक उत्सवको सभापतित्व बिओटिका सभापति केदार प्रसाद तिम्सिना गरेका थिए भने नेपाली दुतावासका आर्थिक सल्लाहकार युगराज पाण्डे प्रमुख अतिथि रहेका थिए l कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु गरिएको थियो । सँस्थाकि अध्यक्ष जानुकी ओझाले स्वागतम मन्तब्य राखेकी थिइन् ।

कार्यक्रम अगाडी सरस्वतीको पूजा होमनाथ चापागाई /अध्यक्ष जानुकी ओझा तथा अभिभावकहरुले गरेका थिए । शिक्षकको तर्फबाट बिद्यालयको तथा बिभिन्न गतिबिधि बारे भुपाल पौडेलले चर्चा गरेका थिए ।

बिधालयका बिधार्थीलाई साथ दिदै प्रशिक्षक सहितले नृत्य प्रस्तुति, केही बिधार्थीहरुले कविता वाचन सामूहिक नृत्य ,राष्ट्रिय गीतमा सामूहिक प्रस्तुति ,नेपालको परिचय तथा योगका फाइदा सहित केही बिद्यार्थीहरुले नेपालीमा बोलेका थिए ।

सम्पूर्ण अभिभावकको तर्फबाट सुशिला पोख्रेल तथा शिक्षकको तर्फबाट रमेश खनालले बोलेका थिए ।

कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई बार्षिक उत्सवमा राम्रो अङ्क ल्याउने बिभिन्न समूहलाई प्रथम ,द्वितीय तथा तृतीयहुनेहरुलाई प्रमाण पत्रको साथै केही नगद समेत बितरण गरिएको थियो । साथै आफ्नो प्रतिभा देखाउने र प्रस्तुति गर्ने पाठशालाका बिद्यार्थहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो l

त्यस्तै शिक्षक,प्राविधिक सहयोग तथा कार्यक्रममा सौजन्य गर्नेहरुलाई समेत प्रमाणपत्र वितरण गरियो । प्रमुख अतिथि पाण्डेद्वारा प्रमाण पत्र समेत प्रदान गरिनुको साथै सभापति केदार तिम्सिना लगायतले बितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दुतावासका युगराज पाण्डेले बिद्यालयको गतिबिधिबाट प्रभावित भएको भन्दै आर्थिक पक्षमा पनि बलियो हुनु पर्ने सुझाव दिएका थिए । त्यस्तै गरि भर्जिनिया निर्वाचन क्षेत्र १० का उम्मेदवार एड्रियन पोखरेलले समुदायको प्रगति देख्दा आश्चर्य चकित हुदै आफू पहिले अमेरिकी सेनामा व्यस्त भएकोले समुदायमा सहभागी हुन् नपाएकोमा स्वीकार गरे ।

र,शुभकामना दिदै एउटा कविता वाचन गरेका थिए । त्यस्तै कार्यक्रमको अन्तिममा बिद्यालयको लागि एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले बिद्यालयलाई केही पुस्तक हस्तान्तरण गरे र कविता समेत वाचन गरे ।

कार्यक्रमका सभापति केदार प्रसाद तिम्सिनाले सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरे ।

उक्त नेपाली पाठशालामा नेपालमा शिक्षण पेसामा १-२ दशक सम्म अनुभव बटुलेका शिक्षकले अध्यापन गराई रहेका छन् भने नेपालको अनुभवको साथै अमेरिकाको भर्जिनियाको अनुमति प्राप्त शिक्षकहरु पनि रहेका छन् ।

कार्यक्रम संचालन पहिला पुस्ताका बिष्णु न्यौपाने र भगवती भारती तथा दोश्रो पुस्ताका त्यही बिद्यालयमा पढेका सोफिया आचार्य तथा आभास अर्यालले गरेका थिए ।

प्रतिक्रिया