अमेरिकाको भर्जिनियामा बालविवाह अन्त्य गर्ने प्रयास स्वरुप तल्लो सदनमा मतदान हुने

इनेप्लिज २०८० माघ २८ गते १३:२८ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा बालविवाह अन्त्य गर्ने प्रयास स्वरुप तल्लो सदनमा मतदान हुने भएको छ ।

एनबिसीवाशिंगटनले जनाए अनुसार भर्जिनियामा बालविवाह अन्त्य गर्ने प्रयास स्वरुप मतदानको लागि तल्लो सदनको सभाकक्षमा जाने भएको छ ।

१६ र १७ वर्षका नाबालिगहरूले कानूनको अपवाद मार्फत राष्ट्रमण्डलमा विवाह गर्न सक्ने अवस्था रहेको छ । सामाजिक कार्यकर्ताहरूले भर्जिनियामा बालविवाहलाई पूर्ण रूपमा बन्द गर्न दबाब दिइरहेका छन् । जहाँ अपवादहरूले अझै पनि उनीहरूलाई अनुमति दिने समाचारमा उल्लेख गरिएको छ ।

सन् २०१६ मा राष्ट्रमण्डल(कमनवेल्थ) अर्थात् भर्जिनिया कानुनी वयस्कहरूका लागि विवाह सीमित गर्ने पहिलो राज्य बन्यो । तर पनि जटिल न्यायिक प्रक्रिया मार्फत केही १६-१७ वर्षका उमेरकाहरूले अझै पनि विवाह गर्ने अनुमति प्राप्त गर्दछन । एनबिसीवाशिंगटनका अनुसार सन् २०१८ मा २३ जना नाबालिगहरूले विवाह गरेका थिए । त्यस्तै सन् २०१९ मा अर्को २७ जना नाबालिगले विवाह गरेका थिए ।

अब कुनै पनि अपवाद हटाउनको लागि एउटा विधेयक विचार भइरहेको छ भने १० वटा अन्य राज्यहरूले पहिले नै बिधेयक पारित गरिसकेका छन्। उत्तरी भर्जिनियास्थित ताहिरिह न्याय केन्द्र (जस्टिस सेन्टर)ले १८ वर्ष नपुग्दै विवाह गर्ने प्रचलन र संस्कारलाई अन्त्य गर्न राष्ट्रव्यापी काम गरिरहेको छ।

ताहिरिह न्याय केन्द्र (जस्टिस सेन्टर)का सार्वजनिक नीति निर्देशक केसी स्वेगम्यानले भनिन “बालविवाहको संख्या धेरै छ।” “जबरदस्ती हो या होईन , यसले मानिसहरूलाई विनाशकारी छोटो र दीर्घकालीन परिणामहरू स्थापित गर्दछ, र ,वास्तवमा १८ वा त्यो भन्दा माथिको उमेरमा विवाह गर्दा सबैलाई राम्रो बनाउछ।”

रिचमण्डमा भर्खरको सुनुवाइमा फेथ बेस्ड फाउन्डेसन (आस्थामा आधारित गैर-मुनाफामुखी )का प्रतिनिधिले सांसदहरूलाई वर्तमान कानूनमा अडिग रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया