लस भेगासका न्यायाधीशलाई सजाय सुनाइरहँदा आक्रमण गर्ने व्यक्तिलाई हत्याको प्रयासको अभियोग

इनेप्लिज २०८० माघ २८ गते १२:३० मा प्रकाशित

लस भेगासका न्यायाधीशलाई सजाय सुनाइरहँदा आक्रमण गर्ने व्यक्तिलाई हत्याको प्रयासको अभियोग लगाइएको छ ।

उनले न्यायिक बेन्च(स्थल) मा उफ्रिए र सजाय सुनाउने क्रममा नेभादाका न्यायाधीशमाथि आक्रमण गरे।

गत महिना लस भेगासमा एउटा सजाय सुनुवाइको क्रममा न्यायिक बेन्चमा उफ्रने र नेभादाका न्यायाधीशलाई आक्रमण गर्ने एक व्यक्तिलाई अदालतको कोठाको श्रब्यदृश्य (भिडियो)मा कैद गरिएको थियो जुन व्यापक (भाइरल )भएको थियो ।

अब उनली हत्याको प्रयासको अभियोग लगाइएको छ।

लस भेगासमा गत बिहीबार ३० वर्षीया डेओब्रा रेडनविरुद्धका नौ वटा गणनामा अभियोग फिर्ता गरेको बृहत निर्णायक मण्डलले जनाएको छ । उनको मुद्दा यही फेब्रुअरी २९ गते तोकिएको छ ।

क्लार्क काउन्टी जिल्ला अदालतका न्यायाधीश मेरी के होल्थसले जनवरी ३ मा रेडडेनलाई आक्रमणको प्रयास गरेको मुद्दामा सजाय सुनाउन लागेका थिए त्यसै बेला उनले आक्रमण गरेका थिए ।

एक हप्ता पछि न्यायाधीश होल्थसले उनलाई नोभेम्बरमा दोषी ठहर गरेको आक्रमण अभियोग (ब्याट्री चार्ज)को लागि चार वर्षसम्म कारागार सजाय सुनाएकी छिन ।

हत्या प्रयासको लागि नयाँ अभियोगमा रेडडेनले होल्थसलाई “उनलाई समातेर, उनको कपाल तानेर, उनको घाँटीमा हात राखेर र/वा उनको टाउकोमा हिर्काएर र अज्ञात तरिकाले” आक्रमण गरेको आरोप लगाइएको छ। उसलाई लस भेगास प्रहरी अधिकारीलाई “मुक्का/लात र धक्का” गरेको आरोप पनि लगाइएको छ।

क्लार्क काउन्टी जिल्ला अधिवक्ता स्टीव वोल्फसनले त्यस समयमा रेडडेनको वयस्क आपराधिक इतिहासमा तीनवटा अपराध र नौ वटा दुराचारका लागि दोषी ठहरिएको थियो, जसमा प्रायः हिंसात्मक कार्यहरू समावेश भएको बताएका थिए ।

प्रतिक्रिया