फ्लोरिडाको नेपल्स नजिकै राजमार्गमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु ,३ जना बालबाल बचे

इनेप्लिज २०८० माघ २७ गते १२:५४ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्य को नेपल्स नजिकै व्यस्त राजमार्गमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । स्मरण रहोस ,केही दिन अगाडी भर्जिनियाको डलस बिमान स्थलमा पनि सडक बीच मै दुर्घटना हुँदा सबै हवाईयात्रीहरु सुरक्षित रहेका थिए ।

सिएनएनका अनुसार फ्लोरिडा नेपल्स शहर नजिकै इन्टरस्टेट ७५ अर्थात् अन्तरराज्य राजमार्ग ७५ मा गत शुक्रबार फेब्रुअरी ९ का दिन दिउँसो एउटा सानो विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र एउटा गाडीसँग ठोक्किएको अधिकारीहरूले बताए ।

एक बिमान चालक(पाइलट)ले हवाई यातायात नियन्त्रकलाई आपतकालीन खबर गरेपछि केही समयपछि नै दुर्घटना भएको थियो।

बम्बार्डियर च्यालेन्जर ६०० नामक सानो बिमानमा पाँच जना सवार थिए भने घटना दिउँसो ३:१५ बजे दुर्घटना भएको संघीय उड्डयन प्रशासनले जनाएको छ ।

विमान ओहायो स्टेट युनिभर्सिटी (बिश्वबिद्यालय)विमानस्थलबाट दिउँसो १ बजे पछि उडेको थियो। फोर्ट लाउडरडेल कार्यकारी विमानस्थलको लागि प्रस्थान गर्नु अघि नेपल्स विमानस्थल मा अवतरण गर्ने तालिका थियो।

दुर्घटनामा दुई जनाको मृत्यु भएको कोलियर काउन्टी शेरिफको कार्यालयले जनाएको छ। तीन जनाको ज्यान बचेको छ । एक जना प्रत्यक्षदर्शीले सिएनएनलाई चलचित्र जस्तै लागेको बताइन ।

दुर्घटनाको एक मिनेट पछि विमान विस्फोट भएको थियो ।

प्रतिक्रिया