भर्जिनियाका नेपाली मूलका युवा प्रदीप ढकालद्वारा हर्न्डन शहरको नगर प्रमुखमा उम्मेदवारी घोषणा

इनेप्लिज २०८० माघ २६ गते ३:१२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा बसोबास गर्दै आएका तथा हालका नगर परिषद सदस्य समेत रहेका नेपाली मूलका युवा प्रदीप ढकालले हर्न्डन शहरको नगर प्रमुख(मेयर)मा उम्मेदवारी घोषणा गरेका छन् । उनि यस नगरमा तेस्रो कार्यकालको लागि नगर परिसद सदस्य समेत हुन् । उनि नगर परिसद सदस्य हुदा हुदै उनले नगर प्रमुखमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले सामाजिक संजाल मेटा मार्फत उम्मेदवारी घोषणा गर्न पाएकोमा खुसी भएको भन्दै जानकारी दिएका छन् । उनले फेब्रुअरी ८ बिहिबारका दिन उम्मेदवारी दिने निर्णय गरेकोमा आफू उत्साहित भएको जनाएका छन् ।

फेयरफ्याक्स काउन्टी अफिस अफ इलेक्शन(निर्वाचन कार्यालय)मा मेयर(नगर प्रमुख)का लागि उम्मेदवारी दर्ता गर्ने पहिलो व्यक्ति भएको समेत बताएका छन् ।

उनले हर्नडनलाई हाम्रा सबै बासिन्दाहरूको लागि अझ राम्रो ठाउँ बनाउन अथक प्रयास गर्न प्रतिबद्ध छु र आफ्नो अनुभवलाई भूमिकामा ल्याउन आतुर छु भन्दै विश्वास दिलाएका छन् ।

उनले सामाजिक संजालमा आफ्ना भनाई प्रकाशन गर्दै नगर परिसदमा लगातार तीन कार्यकाल सेवा गरिसकेपछि शहरको कुशलतापूर्वक नेतृत्व गर्न तयार रहेको समेत उल्लेख गरेका छन् । अमेरिकामा हाल सम्म कुनै पनि नेपाली नगर प्रमुखमा निर्वाचन भएको अभिलेख छैन । उनि निर्वाचित भएमा इतिहास लेख्ने छन् ।

तर उप नगर प्रमुखमा पहिले नै किरण सिटौला मेरिल्याण्ड राज्यको इन्डियन हेड शहरमा दुई पटक निर्वाचित भै सकेका छन् ।

प्रतिक्रिया