भर्जिनियामा आर्लिंगटनको घरबाट झण्डा चोरेको आरोपमा पक्राउ दुई सिपाहीहरु पक्राउ

इनेप्लिज २०८० माघ २५ गते ११:५७ मा प्रकाशित

भर्जिनियामा दुई जना सिपाहीहरूले आर्लिगटनको घरबाट झण्डा चोरेको आरोपमा पक्राउ गरिएको छ ।

सेनाको कुलीन पूर्व रक्षक (ओल्ड गार्ड)मा खटिएका दुई सिपाहीहरूलाई दक्षिण आर्लिंगटन घरबाट शान झन्डा (प्राइड फ़्लाग )चोरेको आरोपमा पक्राउ गरिएको एनबिसीवाशिंगटनले जनाएको छ ।

गत बर्ष सेप्टेम्बरको सुरुमा एक जोडीले शान झण्डाहरू मध्यरातमा कम्तिमा पाँच पटक चोरी गरेका थिए । त्यहाँ जडान भएको क्यामेरा (अङ्कीयचित्रक)ले चोरी गरेको कैद गरे पछि उनिहरुलाई पक्राउ गरिएको हो ।

गत हप्ता प्रहरीले ओल्ड गार्डमा खटाइएका सिपाही २० वर्षीय म्याथ्यू हेन्सालाई पक्राउ गरेको छ । उनलाई गैरकानूनी प्रवेश गरेकोमा तीनवटा गणना र अर्को चोरीको तीनवटा गणनामा आरोप लगाईएको छ । त्यस्तै प्रहरीले २३ वर्षीय जोसेफ डिग्रेगोरियोलाई पनि एउटा सानो चोरीको आरोप लगाईएको छ ।

“प्रहरीले संदिग्धहरूलाई समात्न सफल भएकोमा म खुसी छु,” एक छिमेकले भने । दुई सिपाहीहरू अझै सक्रिय कर्तब्य(ड्युटी)मा छन् । यो मुद्दा अझै सक्रिय अनुसन्धानमा रहेको समाचारमा उल्लेख गरिएको छ ।

अदालतको अभिलेख अनुसार डिग्रेगोरियो बुधबार दिउँसो अदालतमा हाजिर हुने कार्यक्रम थियो तर उपस्थित हुन सकेनन। उनी अहिले फरार रहेका छन् ।

प्रतिक्रिया