रुसले युक्रेनमा ‘ठूलो’ हवाई आक्रमण गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए । “हामी पक्कै रुस विरुद्ध बदला लिनेछौं,” राष्ट्रपति जेलेन्स्कीले भने।
रुसी क्षेप्यास्त्रहरूले बुधबार बिहान कीभमा प्रहार गर्दा कम्तीमा ४ जनाको ज्यान गएको छ भने धेरै घरहरू ध्वस्त भएका छन् । अस्थायी रूपमा बिजुली बन्द भएको युक्रेनी अधिकारीहरूले बताए ।
हाम्रो देश विरुद्ध अर्को ठूलो रूसी हवाई आक्रमण भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक संजालमा भने। छ वटा क्षेत्रहरूमा दुश्मनले गरेको आक्रमणमा आगलागी भएको बताए ।
युक्रेनी रक्षा मन्त्रालयले एक विज्ञप्ति अनुसार कम्तिमा २० इरानी निर्मित शाहेद मानव रहित यान (ड्रोन) र ४४ वटा क्षेप्यास्त्र (मिसाइल)हरू प्रहार गरिएको छ।
कम्तिमा पनि विभिन्न प्रकारका कम्तिमा २९ वटा पोतबिहार क्षेप्यास्त्र (क्रुज मिसाइल)हरू सहित १५ वटा मानव रहित यान (ड्रोन)हरू रोकिएका थिए।
“हामी हाम्रा साहसी वायु रक्षकहरू र हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूप्रति आभारी छौं जसले हामीलाई वायु रक्षा क्षमताहरू बलियो बनाउन मद्दत गर्छन्,” मन्त्रालयले भन्यो।
हवाई आक्रमणको चेतावनी स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको थियो र करिब ३ घण्टासम्म चलेको थियो। कीभमा कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य १६ जना घाइते भएको नगर प्रशासनले जनाएको छ ।
माइकोलाइभमा आक्रमणबाट अर्को व्यक्तिको मृत्यु भएको छ भने दर्जनौं घरहरू प्रभावित भएको जेलेन्स्कीले भने। खार्किभमा अन्य दुई जना घाइते भएको उनले बताए ।
प्रतिक्रिया