न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी) २०२४ आगामी अगस्ट ३ मा ग्राण्डफाईनल राउण्ड आयोजना गरी सम्पन्न हुने भएको छ ।
“आगामी पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलालाई सशक्त बनाउँदै” भन्ने महिला सशक्तिकरणको आवाज बुलन्ध गर्दै सन् २०२४ संस्करणको घोषणा गरिएको हो ।
यस संगै अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरूले मिस नेपाल नर्थ अमेरिका–२०२४ को प्रतिस्पर्धामा भाग लिन सक्ने छन् भने प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुको लागि गत फरबरी ३ तारिख बाट नै आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक तथा आयोजकको तर्फबाट संस्थापक सभापति सैलेस श्रेष्ठले जानकारी गराउनुभयो । आवेदन पत्र दर्ता गर्ने अन्तिम समय मे ३१ ,२०२४ सम्म तोकिएको छ ।
पूर्बमिसनेपालहरू लगायका अन्य नेपाली चलचित्रका नायक नायिकाहरू, गायक गायिकाहरूको बाक्लो जमघट र बिबिध सांस्कृतीक कार्यक्रमका बिच हुने यस कार्यक्रमको अन्तिम चरणको फाईनल न्यूर्योक स्थित Melrose Ballrom मा हुनेछ यस कार्यक्रमको बारेमा बुझ्न निम्न टेलिफ़ोन नम्बर (+१८४५६८२८६८६)मा सम्पर्क गर्न सकिनेछ ।
-बाल कृष्ण भट्ट ॥ ज्याक्शनहाईट
प्रतिक्रिया