बिश्वप्रसिद्ध बास्केटबल खेलाडी माइकल जोर्डनका प्रतियोगिताका जुत्ता ८० लाखमा डलरमा कीर्तिमान लिलामी

इनेप्लिज २०८० माघ २१ गते १२:३७ मा प्रकाशित

बिश्वप्रसिद्ध बास्केटबल खेलाडी माइकल जोर्डनका प्रतियोगिताका जुत्ताको लिलामीले कीर्तिमान बनाएको छ । लिलामीमा राखिएका ६ वटा जुत्ताहरुको कूल मूल्य ८ मिलियन अर्थात् ८० लाख डलरमा बिक्रि भएको छ ।

सुप्रसिद्ध माइकल जोर्डन र शिकागो बुल्सले छ वटा एनबीए च्याम्पियनशिप (प्रतियोगिता )जित्दा लगाएका जुत्ताहरूको संग्रहले लिलामीमा ८ मिलियन प्राप्त गरेको छ। लिलामी गर्ने संस्था सोथेबीलेका अनुसार खेलमा लगाउने जुत्ताहरूको लागि यो नयाँ कीर्तिमान बनाएको जनाएको छ ।

छ वटा जुत्ताहरु क्रमस ११९१,१९९२,१९९३,१९९६,१९९७ र १९९८ च्याम्पियनसिप शृंखलाका अन्तिम खेलहरूबाट एक-एक जुत्ताहरु शुक्रबार बिक्री भयो।

सोथेबीले खरिदकर्ताको पहिचान नगरेको समाचार एबिसीन्यूजले लेखेको छ ।

प्रतिक्रिया