डिसी क्षेत्रमा फोक्सो प्रत्यारोपणको लागि अस्पताल भर्ना भएकी नेपाली मूलकी महिला अनुजा शाहीको सहयोगको लागि आह्वान :गो फन्ड मी संचालनमा

इनेप्लिज २०८० माघ २० गते ३:०६ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रको भर्जिनियाको एक अस्पतालमा फोक्सो प्रत्यारोपणको लागि भर्ना भएकी नेपाली मूलकी महिला अनुजा शाहीको सहयोगको लागि आह्वान गरिएको छ ।

उनको सहयोगको लागि गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाले गो फन्ड मी खाता संचालनमा ल्याएको छ । बिगत ५ दिन अगाडी संचालनमा ल्याइएको उक्त गो फन्डको लक्ष्य १ लाख डलर राखिएको छ भने फेब्रुअरी २ शुक्रबार राती ९:३० बजे (पूर्वीय समय)सम्म ५ ,२३३ डलर संकलन भएको छ ।

एनआरएनए भर्जिनिया च्याप्टर(शाखा)ले यो कोषको आयोजना गरेको हो । उक्त गो फन्ड मी मा सुधीर सिंहले २८ वर्षीया साहसी महिला अनुजा शाही (मेरी काका/काकीकी छोरी -बहिनी) को तर्फबाट उनको बारेमा केही लेखेका छन् ।

सिंहका अनुसार उनी विगत धेरै वर्षदेखि फोक्सोको गम्भीर समस्यासँग लड्दै आएकी छिन् र अहिले उनलाई स्वस्थ जीवनको मौका दिन चिकित्सकहरूले गम्भीर र तत्काल फोक्सो प्रत्यारोपण गर्न सिफारिस गरेका छन्।

हाल उनी भर्जिनियाको इनोभा फेयरफ्याक्स अस्पतालमा छिन्, उनी चिकित्सकहरुको सुपरिवेक्षणमा छिन्। दुर्भाग्यवश, उनको देब्रे फोक्सोले काम गर्न छोडेको छ, र उनको दाहिने फोक्सो संक्रमित छ । चिकित्सकहरु छिटो भन्दा छिटो प्रत्यारोपण गर्न चाहन्छन ।

प्रत्यारोपणको लागत, शल्यक्रिया पछि हेरचाह, र चलिरहेको चिकित्सा खर्च अत्यधिक हुन् सक्छ भन्दै सिंहले जे जस्तो हुन्छ सबैलाई सहयोगको लागि आह्वान गरेका छन् ।

बिस्तृत जान्न यहाँ थिच्नु होला : https://www.gofundme.com/f/help-fundraising-for-poonam-lung-transplant?utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source=customer

प्रतिक्रिया