देवी- देवताले वास छोड्दै गएको बेला
कुलो- कुलेसोमा पानी सुक्दै गएको वेला
उज्याला दिनहरु हराउँदै जान थालेका छन,
किन होला कुन्नि!आजभोलि मेरो देशमा मान्छेहरु
दिउँसै सडकमा हिड्न डराउन थालेका छन!
डर- त्रास अनि चिच्याहट चारैतिर छाएको बेला
रुखमा पनि हरिया मुनाहरु पलाउन छाडेको बेला
अब त सुकेका पातहरुमा पो शित झर्न थालेका छन
आजभोलि झरेका पातहरु मात्र जंगलमा देख्दा
चरा- चुरुङ्गीहरु नै किन हराउन थालेका छन!
हिजो बसन्त ॠतुमा मिरमिरे बिहानी हुँदा
कोइलीको मधुर स्वर सुनिने गर्दथियो
आजभोलि त वसन्त ॠतु नै कता हराउन थालेको छ!
सँधै मन्दिरमा बज्ने शंख-घण्टहरुको धुन पनि
आजभोलि कम सुनिन थालेको छ!
यतिबेला किन हो कुन्नि!
मेरो देश दिउँसै निदाउन थालेको छ
खोई के नपुगेर होला!
मेरो देश रातमा जाग्रम बस्न थालेको छ।
मेरो देश रातमा जाग्रम बस्न थालेको छ।।
कमला प्रसाईं / हाल न्यूयोर्क ,अमेरिका
प्रतिक्रिया