तामाङ्ग समाज ग्रेटर वाशिंगटनले सोनाम ल्होछार उत्सव -२०२४ मनाउने

इनेप्लिज २०८० माघ १७ गते २:०३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित प्रतिष्ठित संस्था तामाङ्ग समाज ग्रेटर वाशिंगटनले सोनाम ल्होछार समारोह -२०२४ मनाउने भएको छ ।

आगामी फेब्रुअरी १० ,२०२४ का दिन शनिबार भर्जिनियाको हर्नडन शहरमा मनाउने तयारी गरि रहेको छ । स्थापना काल देखि नै समुदायलाई समेट्दै सफलतापूर्वक समारोह गर्दै आएकोमा यस बर्ष पनि त्यसरी नै त्यस्तै उत्साह र उमङ्गको साथ अजिङ्गर (ड्रागन )बर्ष मनाउने तयारीमा समिति लागि रहेको महासचिव रोजी घिसिङ्ग तामाङ्गले इनेप्लिजलाई बताइन ।

उक्त ल्होछार उत्सवमा साँस्कृतिक कार्यक्रम समेत राखिएको छ । साँस्कृतिक समारोहमा एन्जल्स ब्याण्ड(सङ्गीत टोली)का राजु लामा , सुमित्रा थोकर ,मिलन लामा ,स्थानीय साङ्गितिक मण्डली अस्त्र ब्याण्ड ,रजल लामा लगायत अन्य कलाकारहरुको प्रस्तुति हुनेछ ।

यस क्षेत्रमा बसोबास गर्नु हुने सबै नेपाली समुदायलाई तामाङ्ग समाज ग्रेटर वाशिंगटनले आमन्त्रण गरेको छ । कार्यक्रम साँझ ६ बजे सुरु हुने र ११ :३० बजे समापन हुनेछ ।

समारोह 814 ferndale Ave ,Herndon VA – 20170 हर्नडन सामुदायिक केन्द्रमा हुनेछ ।

प्रतिक्रिया