डिसी क्षेत्रमा दोश्रो रुप स्मृति एभरेस्ट कप क्रिकेट प्रतियोगिता २०२४ हुने ,प्रथमलाई ५ हजार डलर तथा द्वितीय हुनेलाई ३ हजार डलर पुरस्कार

इनेप्लिज २०८० माघ १७ गते १:५१ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा दोश्रो रुप स्मृति एभरेस्ट कप क्रिकेट प्रतियोगिता २०२४ को आयोजना गरिने भएको छ । दोश्रो रुप स्मृति एभरेस्ट कप क्रिकेट प्रतियोगिताको आयोजना एनआरएनए एनसिसि युएसए तथा एवरेस्ट लायन्स फ्रेन्डसिप एसोसिएसनले सयुक्त रुपमा आयोजना गर्ने छ ।

डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनाससमा प्रतियोगिताको आयोजना गरिने छ । यस प्रतियोगितामा भाग लिने क्रिकेट टोलीले दर्ता शुल्क ८०० डलर बुझाउनु पर्ने छ ।

दर्ता खुला गरिएको छ भने अन्तिम नाम लेखाउने मिति फेब्रुअरी २८ रहेको छ । यसमा कूल १२ वटा खेल टोलीहरुले सहभागिता जनाउन पाउने छन । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार डलर तथा द्वितीय हुनेलाई ३ हजार डलर पुरस्कार दिईने छ ।

प्रतियोगिता मे २५- मे २७ मेमोरियल डे (स्मारक दिवस)को सप्ताहान्तमा हुनेछ ।

प्रतियोगिता मनाससको ९९ एडम्स स्टेडियम(रंगशाला)मा आयोजना गरिने छ । कार्यक्रम बारे बिस्तृत जानकारी लिन अभिजित राई तथा अर्जुन धोज खड्कासंग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया