अमेरिकाको न्यूजर्सीमा सम्पन्न मार्सल आर्ट्स प्रतियोगितामा नेपाली मूलका १० बर्षिय बालकलाई १ स्वर्ण सहित कूल ३ पदक

इनेप्लिज २०८० माघ १६ गते ३:१३ मा प्रकाशित

अमेरिकाको न्यूजर्सीमा सम्पन्न मार्सल आर्ट्स प्रतियोगितामा नेपाली मूलका १० बर्षिय बालकलाई १ स्वर्ण सहित कूल ३ पदक प्राप्त भएको छ ।

गत जनवरी २८ तारिक २०२४ का दिन अमेरिकाको न्यूजर्सीको एट्ल्यान्टिक सिटी (शहर)मा सम्पन्न २०२४ ब्याटल अफ ड्रागन प्रतियोगितामा शाक्यले मार्शल आर्टमा १ स्वर्ण र ३ वटा कस्य पदक जित्न सफल भएका छन् ।

चेसपीक मार्शल आर्टका मुख्य प्रशिक्षक ग्राण्ड मास्टर सुनिल शाक्यको नेतृत्त्वमा भाग लिएको टोलिले उक्त प्रतियोगितामा २२ स्वर्ण , १३ रजत र ५ कास्य जित्दै टोली बिजयी भएको थियो ।

उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिदार्थ लामा तामाङ्ग कुङ्गफूमा १ स्वर्ण र १ रजत जिते भने सन्जित कुमार राईले १ स्वर्ण हात पारेका छन् ।

मास्टर सुनिलले मुख्य निर्णायकको भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए।

प्रतिक्रिया