मेरील्याण्डमा पहिलो पटक घरखरिद गर्दा पाउने सुविधाबारे नेपाली समुदायलाई जानकारी दिइयो

इनेप्लिज २०८० माघ १६ गते ०:४१ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा नेपाली समुदायको लागि पहिलो पटक घरखरिद गर्दा पाउने सुविधाबारे जानकारी दिइएको छ ।

गत जनवरी २८ का शनिबारका दिन आयोजना भएको उक्त कार्यक्रम नेपालीहरुनै संलग्न तथा स्थापित भएको यति रियाल्टी कार्यक्रमको आयोजना गरेको हो ।

यति रियाल्टी नेपाली समुदायले फाइदा लिन सकुन र अन्य नबुझेको कुराहरु बुझुन भन्ने हेतुले आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायले लाभ उठाएका छन् । अमेरिकको डिसी महानगर क्षेत्रको मेरिल्याण्ड घरखरिद तथा बिक्री पेशामा संलग्न रहेका अभिकर्ता (रियल्टर)हरुको प्रयासमा आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

यसै क्षेत्रमा दुई दशक भन्दा ज्यादा समय देखि घरखरिदबिक्रि पेशामा संलग्न तथा यस क्षेत्रका चिर परिचित यति रियाल्टीका संचालक बासु सत्यालले बिस्तृत रुपमा प्रस्तुति गरेका थिए । उनले घरखरिद गर्ने नेपाली समुदायले लाभ उठाउन भन्ने हेतुले आयोजना गरिएको कार्यक्रममा उनले विश्वसनिय तथा राम्रो रियल्टर खोज्नु पर्ने बताए ।

साथै घर खरिद गर्दा जान्नु पर्ने कुरा तथा मेरिल्याण्ड राज्यमा संघीय सरकार तथा काउन्टीले दिने सुबिधा लगायत अन्य थुप्रै कुराहरु जानकारी गराएका थिए । सत्यालयति भन्दा पहिले अरु घरखरिदबिक्री संस्थामा आबद्ध रहेका थिए ।

प्रस्तुति पछि उपस्थित नेपाली समुदायले जिज्ञाशा समेत राखेका थिए । साथै यति रियाल्टी मै संलग्न रियल्टर (घरखरिद तथा बिक्री अभिकर्ता) तथा इनास अमेरिकाका अध्यक्ष तथा कलाकार समेत रहेका राहुल केसीले सबैलाई स्वागत गर्नुको साथै कार्यक्रमको बारेमा प्रकाश परेका थिए ।

साथै उक्त कार्यक्रममा फस्ट नेसनल बैंकको तर्फबाट सहायक शाखा प्रवन्धक रमेश श्रेष्ठले बैंकले दिईने ऋण बारेमा जानकारी गरेका थिए । त्यस्तै घर खरिद गर्नु अगाडी घरको निरीक्षण गर्नु पर्ने अपरिहार्यता बारेमा होम इन्सपेक्सन अर्थात् घर निरिक्षण अधिकारी तरुण पौडेलले समेत किन जरुरी छ भन्ने बारेमा बताएका थिए ।

अन्त्यमा अतिथि तथा सहभागीको तर्फमा व्यवसायी तथा समाजसेवी अम्मर छन्त्यालले खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरु समय समयमा राख्नु पर्ने कुरामा जोड दिए । साथै संचार माध्यमले पनि यस बिषयमा नियमित कार्यक्रम ल्याई दिएमा सुनमा सुगन्ध हुने बताए । साथै बानाका अध्यक्ष सुबोध पन्तले शुभकामना सहित केही सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागी सबैलाई दिवा भोजनको समेत प्रवन्ध मिलाईएको थियो ।

प्रतिक्रिया