डिएसए स्टरको ग्रान्ड फिनाले सम्पन्न

इनेप्लिज २०८० माघ १५ गते १२:२२ मा प्रकाशित

काठमाडौं, १५ माघ

बालबालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि नृत्य, गायन र अभियन सम्बन्धि प्रतियोगिता ‘१२ औं डि एस ए स्टार– २०२४’ काठमाडौंको नाचघरमा सम्पन्न भएको छ । परिवर्तन इभेन्ट हाउसद्धारा आयोजित सो कार्यक्रममासो प्रतियोगितामा गायन तर्फ मिनी डीएसए सिँगिङ प्रतिस्पर्धामा अद्धभिक रायमाझी बिजेता बनेका छन । यसै प्रतिस्पर्धामा अनुराग चौलागाईं फस्ट रनरअप घोषित भए । गायनमै जूनियर तर्फ समृद्ध जङ थापाले उपाधि जिते भने श्रेयाना खनाल फस्ट रनरअप, आरभ खड्का सेकेण्ड रनरअप र हाना खत्री थर्ड रनरअप बन्न सफल भए । प्री टीन डीएसए सिँगिङ प्रतिस्पर्धामा अनुकल्प थपलिया बिजेता भए भने श्रेयाशी खनाल फस्ट रनरअप र जेशिका गौतम सेकेण्ड रनरअप बने । कार्यक्रममा मिनी डिएसए डान्सिङ स्टारको उपाधि अरुनिया लामिछानेले हँसिल गरिन भने अनुष्का श्रेष्ठ फस्ट रनरअप र कारिशा थापा मगर सेकेण्ड रनरअप बने ।

जुनियर डिएसए डान्सिङ स्टारतर्फ निरिशा जोशीले उपाधि जितेकी छिन् । जुनियर तर्फको यो प्रतिस्पर्धामा आरम्भी श्रेष्ठ फस्ट रनरअप, रोसीका आचार्य सेकेण्ड रनर अप बैभब ढकाल थर्ड रनर अप बन्न सफल भएका छन् । नृत्य मै प्री टिन प्रतिस्पर्धामा सिम्रिका श्रेष्ठले उपाधि जितेकी छिन् । यो प्रतिस्पर्धामा सुश्मा श्रेष्ठ फस्ट रनरअप र श्रष्टा श्रेष्ठ सेकेण्ड रनरअप बन्न सफल भएका छन् । यो प्रतियोगितामा ‘एक्टिङ स्टार’तर्फ अदिती बिष्टले उपाधि हाँसिल गरे । अभिनय मै ह्रिनभ प्रधान फस्ट रनरअप र साइमन भट्ट सेकेण्ड रनरअप भए ।

नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीले बिजेताहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । गायन तथा संगीत क्षेत्रमा योगदान पु¥याएको भन्दै कार्यक्रममा संगीतकार राजनराज सिवाकोटीलाई सम्मानित गरियो ।

साँगीतिक कार्यक्रम सहितको सो ग्रान्ड फिनाले समारोहमा संगीतकार दिपक शर्माले पर्खपर्ख मायाँलु गीत प्रस्तुत गरेर दर्शकको मन जिते । यस्तै गायक डेविड शँकरले दर्शन सलाम गीत प्रस्तुत गरेर दर्शकलाई नचाए । गायिका सरिता भारती र अभिनेता प्रवण भुसालको प्रस्तुतिमा पनि दर्शक रमेका थिए ।

यी प्रतियोगिताका विजेतालाई २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी गराइने आयोजक राज बराईलीले जानकारी गराए । इभेन्ट हाउसकी सिईओ सोनिया जीआरले कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउँदै उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा आफुहरुले प्रस्तुत गर्दै आएको बताईन् ।

सो प्रतियोगिताको प्रमुख निर्णायकमा नेशनल प्यब्सनका अध्यक्ष सुबास न्यौपाने र निर्णायकहरुमा अभिनेत्री पल्पसा डङ्गोल, पत्रकार नवराज चलिसे, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, मोडल दीपक घिमिरे थिए । अन्तिम प्रतिस्पर्धामा ५६ जना बाल बालिकाहरु मञ्चमा उत्रिएका थिए ।

प्रतिक्रिया