सबै राजनीतिक मानिसमा स्वतन्त्र पन समेत जोडिन जरुरी छ

इनेप्लिज २०८० माघ १४ गते १३:३९ मा प्रकाशित

विजय बगाले

काठमाडौं महानगरपालिकालाई साँच्चैको रमणिय हराभरा, सौन्दर्य फैलाउँने, साँच्चै देश सजाउँने मन भएका ‘बालेन’ लाई सहयोग गर्नुको सट्टा, किन यति साह्रो खेदो खन्दै ब्यवसायिहरु सडकमा निस्किएका होलान ? हामी यहाँका बासिन्दा हौ, हामीलाई किन नसोध्ने? भन्दै, प्रश्न-माथि प्रश्न तेर्साएका देखिन्छन ।

यो देशको राजधानी सहर हो, तपाईहरुको ब्यपार-ब्यवसाय घटेको देशको अर्थतन्त्र, देशमा बढेको इकोनोमिक रिसेसन ले हो । यसको उत्तर सरकारसॅंग खोजेको खै? मानिस जति दिनानुदिन, बिदेश पलायन भएका छन, गाउॅं-घर रित्तिन लागी सके, त्यस बारे प्रश्न गरेको खै? अनि कसरी बढ्छ त, तपाईहरुको व्यापार-व्यवसाय? यो प्रश्न ‘बालेन’ लाई हैन, सरकार लाई गरौं ।

अनि, अल्लिक पर पार्किङ् गरेर, दुई-चार पाईला हिड्दै शपिङ्ग गर्ने जादैमा केही फरक पर्दैन, झनै हेल्दी बन्छ शरिर, न्ययूरोड-दरबार मार्ग, साँच्चिकैको फराकिलो सफा भएको हेर्ने, हामी सबैको चाहना लाई अनावस्यक आन्दोलन गरेर बिवादमा नल्याऊ, जति आन्दोलन गर्यो त्यति देश-बिदेशमा बस्नेहरुले ‘बालेन’ लाई साथ दिने छन ।

काठमाडौं शहरलाई राम्रो, स्वक्ष-सफा रमिणय वातावरण बनाएको हेरौ न हाम्रै पालामा, भन्नेको कुनै कमि छ जस्तो लाग्दैन देशमा ।

अन्ततः, काठमाडौं महानगरपालिको परिकल्पना बोकेका ‘बालेन’ लाई स्वयत्त भएर काम गर्ने वातावरण निर्माण गरौं ।

नोट- यसमा कुनै राजनीतिक आग्रह-पूर्वाग्रह लुकेको छैन ।

प्रतिक्रिया