डिसी क्षेत्रमा इतिहासकै जनवरी २६ अहिले सम्म कै सर्वाधिक गर्मी दिन ,जाडो महिनामा तोड्यो सबै कीर्तिमान

इनेप्लिज २०८० माघ १३ गते २०:३० मा प्रकाशित

अमेरिकाको राजधानी डिसीमा गत जनवरी २६ शुक्रबारका दिन अहिले सम्म कै सर्वाधिक गर्मी दिन हुन् पुगेको छ । केवल एक हप्ता अगाडी मात्र हिमपात र चिसोले अस्तव्यस्त बनाएको जाडो महिनामा डिसीले सबै पुराना कीर्तिमान तोड्दै डिसीमा ८० डिग्री तापक्रम पुगेको छ ।

अर्थात् जनवरी महिना (माघ)महिनामा यसरी उच्च तापक्रम भएको यो पहिलो हो । डिसीले जनवरी महिनामा सबै-समयको पुराना किर्तिमानलाई तोड्दै नयाँ किर्तिमान बनाएको छ ।

डिसी क्षेत्रमा दिउसो १:२० बजे ८० डिग्री पुगेको थियो । सन् १९५० मा जनवरी महिना स्थापित ७९ डिग्रीको अघिल्लो किर्तिमानलाई समेत तोडेको छ ।

यद्यपि यस क्षेत्रमा डिसीको किर्तिमान मात्र होइन। तापक्रमले डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलले जनवरी महिनामा राखेको अभिलेख(रेकर्ड )समेतलाई तोडेको छ ।

गत जनवरी २६ शुक्रबारका दिन तापक्रम ७९ डिग्री पुगेको थियो भने सन् १९७५ मा अघिल्लो ७५ डिग्रीको कीर्तिमानलाई पार गरेको छ \

यसैबीच, रेगन राष्ट्रिय बिमानस्थलले पनि गत शुक्रबार दिउसो ८० डिग्री तापक्रम मापन गरेको छ । यसले पनि सन् १९५० मा ७९ डिग्रीको किर्तिमानलाई समेत उछिनेको छ ।

यस समयमा अर्थात् वर्षको यो समयमा औसत दिनको उच्च तापक्रम ४५ डिग्री हुन्छ । जनवरी १२, २०२० मा जनवरी महिनामा वसन्त ऋतु जस्तै तापक्रम यसअघि पनि डिसी क्षेत्रमा ७० डिग्रीसम्म पुगेको थियो ।

प्रतिक्रिया