ट्रम्पले ८३.३ मिलियन डलर जरिवाना क्यारोललाई दिनु पर्ने निर्णायक मण्डलको फैसला , क्यारोलले मागेको भन्दा आठ गुणा बढी पाउने

इनेप्लिज २०८० माघ १२ गते २२:१६ मा प्रकाशित

न्यूयोर्कका निर्णायक मण्डलले इ. जीन क्यारोललाई २०१९ मा अपमानजनक बयान दिएकोमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ८३.३ मिलियन डलर भुक्तान गर्नु पर्ने भएको छ ।

अर्थात् निर्णयक मण्डल(ज्यूरी)ले लेखिकाको पक्षमा फैसला सुनाउदै उनलाई पुरस्कार स्वरुप ८३.३ मिलियन डलर बिभिन्न शीर्षकमा क्षतिपूर्ति दिलाएको छ ।

ट्रम्पले लेखिका क्यारोललाई २०१९ मा सार्वजनिक बयानका लागि क्यारोललाई बेइज्जत गर्ने र उनको बलात्कारको आरोप अस्वीकार गरेकोमा ८३.३ मिलियन डलर तिर्नुपर्छ भन्दै म्यानह्याटनको संघीय जूरीले शुक्रबार निर्धारण गरेको हो ।

निर्णायक मण्डलले ट्रम्पले क्यारोललाई हानी नोक्सानी क्षतिपूर्ति स्वरुप १८.३ मिलियन डलर ,११ मिलियन डलर प्रतिष्ठित मर्मत अभियान कोषको लागि र ट्रम्पले सन् २०१९ मा गरेको सार्वजनिक बयानहरूको कारण भएको भावनात्मक हानीको लागि ७. ३ मिलियन तिर्नुपर्ने पाएका छन् ।

क्यारोलको बारेमा बयान दिएर दुर्भावनापूर्ण कार्य गरेकोमा ट्रम्पले दण्डात्मक क्षतिको रूपमा ६५ मिलियन तिर्नु निर्णायक मण्डलले पाएको सिएनएनले समाचार लेखेको छ ।

यो रकम कूल क्यारोलले उनको प्रारम्भिक मुद्दामा मागेको भन्दा आठ गुणा बढी हो।

गत मेमा एउटा छुट्टै म्यानह्याटन संघीय निर्णायक मण्डल (जूरी)ले क्यारोललाई कुल ५ मिलियन क्षतिपूर्ति प्रदान गरेको थियो । निर्णायक मण्डलहरुका अनुसार ट्रम्पले क्यारोललाई यौन दुर्व्यवहार गरे र त्यसपछि २०२२ मा सार्वजनिक बयानका लागि उनलाई बदनाम गरेको उनीहरुले पाए ।

तर उक्त आरोप ट्रम्पले ठाडै अस्वीकार गरेका छन् ।

प्रतिक्रिया