भर्जिनियामा बाल यौन अश्लिलतामा सॅलग्न भएको आरोपमा एक व्यक्तिलाई न्यूनतम १५ बर्षको सजाय सुनाइने भएको छ ।
बाल यौन आरेपमा नाबालिगहरुसॅग संलग्न भएकोमा दोषी स्वीकार गरेका छन । अन्वेषकहरूका अनुसार अझै धेरै पीडितहरू हुन सक्ने बताएका छन ।
अमेरिकी न्याय विभागका अनुसार ५० वर्षीय मार्क ब्ल्याक दुई बिधुतिय सामाजिक सॅजालमा सॅलग्न थिए । उनले जनवरी २०१८ र अक्टोबर २०२१ को नाबालिगहरुलाई फसाएर यौन क्रियाकलापमा संलग्न हुन राजी गरेका थिए ।
उनलाई अप्रिल ३० मा सजाय सुनाइने कार्यक्रम छ । उनले अनिवार्य न्यूनतम १५ वर्षको कारागार र अधिकतम कारागार सजायको सामना गर्ने न्याय विभागको एक विज्ञप्तिमा भनिएको छ।
उनि आर्लिंगटन भर्जिनियामा बसोबास गर्छन ।
प्रतिक्रिया