७४ जना यात्रु बोकेर उडेको रुसी विमान दुर्घटनाग्रस्त हुँदा सबैको मृत्यु भएको बेल्गोरोडका गभर्नरले बताएका छन् ।
बुधबार दुर्घटना भएको रुसी सैन्य विमानमा सवार सबैको मृत्यु भएको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले टेलिग्राममा प्रकाशन गरि जानकारी गराएका छन् ।
“कोरोचान्स्की जिल्लामा एउटा यातायात विमान दुर्घटनाग्रस्त भयो। यो बस्ती नजिकैको खेतमा खसेको थियो। जहाजमा सवार सबैको मृत्यु भयो,” ग्लाडकोभले भने। “अहिले दुर्घटनास्थललाई घेराबन्दी गरिएको छ। सबै परिचालन सेवाहरू घटनास्थलमा छन्, अनुसन्धानका उपायहरू भइरहेका छन्,” उनले भने।
“दुर्घटनाको कारण पत्ता लगाउन आयोग पठाइएको छ,” उनले भने। रूसी आइएल -७६ सैन्य विमान युक्रेन नजिकै बेल्गोरोड क्षेत्रमा दुर्घटनाग्रस्त भएको रसियाको रक्षा मन्त्रालयले समेत पुष्टी गरेको छ ।
दुर्घटनाग्रस्त उक्त विमानसोभियत युगको भयको र लामो दूरीको मालवाहक विमान हो जुन १९७५ देखि सेवामा रहेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया