पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्लोरिडाका गभर्नर रन डिस्यान्टिसले गत आइतबार रिपव्लिकनको तर्फबाट प्राथमिक निर्वाचनको लागि राष्ट्रपतिको चुनाव दौडबाट बाहिरिएपछि र ट्रम्पलाई समर्थन गरेदेखि बोलेका छैनन् भनि सिएनएनले समाचार लेखेको छ।
यद्यपि, ट्रम्पको टोलीले आइतवार डिस्यान्टिस टोलीलाई भेट्यो र पूर्व राष्ट्रपतिसँग चुनाव प्रचार गर्न खुला निमन्त्रणा गरेको छ ।
पूर्व राष्ट्रपतिको अभियान टोलीले सोमबार राती हुने कार्यक्रम बारेमा विशेष विवरणहरू प्रदान नगरेको सिएनएनले जनाएको छ ।
आजै साझ डिस्यान्टिस ट्रम्पसॅगको मन्चमा देखा पर्ने पनि सॅभावना रहेको छ।
प्रतिक्रिया