प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अयोध्यामा निर्माण गरिएको राममन्दिरको उद्घाटन गरे । बिश्वभरि छरिएका भारतीयहरुले जताततै खुसियाली मनाएका छन् । विशाल हिन्दू मन्दिरको उद्घाटन हेर्नको लागि लाखौं लाख भारतभरिबाट मन्दिर पुगेका थिए भने अमिताभ बच्चन,क्याटरिना कैफ लगायत थुप्रै कलाकारहरु समेतले सहभागिता जनाएका थिए ।
अमेरिकाका बसोबास गर्ने भारतीय मूलका हिन्दुहरुले मन्दिरहरुमा जनवरी २१ मै खुसियाली मनाएका छन् भने अमेरिकामा अहिले बिहानै भएकोले केही समय पछि मनाउने तयारीमा रहेका छन् ।
उत्तर भारतको अयोध्यामा रहेको रामजन्मभूमि मन्दिर भगवान रामलाई समर्पित यो मन्दिरको उद्घाटन भएको ३० वर्षभन्दा बढी भएको छ । र विधिवत रुपमा प्राण प्रतिष्ठा आज सम्पन्न भएको छ ।
“आज हाम्रा भगवान राम आउनु भएको छ। शताब्दीयौंको पर्खाइ पछी हाम्रो राम आउनु भयो । शताब्दीयौंको अभूतपूर्व धैर्य, अनगिन्ती बलिदान, त्याग र तपस्या पछि, हाम्रा भगवान राम आइ पुग्नु भयो “मोदीले नवनिर्मित मन्दिरबाट कलाकार ,शीर्ष क्रिकेट खेलाडीहरू सहित भीडलाई सम्बोधन गर्दै भने।
उनले भने, ‘राम विवाद होइन, राम समाधान हो ।
वर्षौंसम्म, मोदी र उनका राजनीतिक सहयोगीहरूले १६ औं शताब्दीको मस्जिदको ठाउँमा एउटा मन्दिर निर्माण गर्ने वाचा गरेका थिए । मोदीले आफ्नो भाषणमा बाबरी मस्जिदको सीधै उल्लेख गरेनन् । उनले मुसलमानका पनि कुरा गरेनन। उनले अगाडि बढ्ने र “नयाँ समय चक्रको सुरुवात” को कुरा गरे।
“आजदेखि, यो पवित्र समयबाट, हामीले अर्को १,००० वर्षको लागि जग बसाल्नु पर्छ। मन्दिर निर्माण गर्न अगाडि बढ्दै, अब हामी सबैले राष्ट्रिय, सक्षम, सफल, सुन्दर र दिव्य भारत निर्माण गर्ने शपथ लिन्छौं, “मोदीले भने।
प्रतिक्रिया