मेरिल्याण्डमा रातभरि भएको डकैतीमा गोली चल्दा प्रहरी र संदिग्ध दुवै अस्पताल भर्ना

इनेप्लिज २०८० माघ ८ गते १:०२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा रातभरि भएको डकैतीमा गोली चल्दा प्रहरी र संदिग्ध दुवै अस्पताल भर्ना भएका छन् । मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी प्रहरी विभाग (पीजीपीडी)का अनुसार डकैत भए पछि प्रहरीले संदिग्धलाई पछ्याउने क्रममा प्रहरी घाइते भएका हुन् ।

प्रिन्स जर्जको काउन्टी प्रहरी विभाग (पीजीपीडी)ले दिएको जानकारी अनुसार बिहान करिब १:५० बजे दुई अधिकारीहरू क्रेन राजमार्गको ७६०० स्थित एक बन्द इन्धन चौकी (ग्यास स्टेशन)मा रोकिएपछि उनीहरूले चोरी भइरहेको छ भनी विश्वास गरे।

पत्रकार सम्मेलनमा प्रहरी प्रमुख मलिक अजिजले इन्धन चौकी ग्यासको कार्यालयमा तोडफोड र एटीएम यन्त्रलाई चलाईएको बताए । उनले शंकास्पद व्यक्तिहरू रहेको माल समान बोक्ने गाडी नजिकैको गिर्जाघर (चर्च)बाट चोरी भएको हुनसक्ने बताए।

एकजना प्रहरी अधिकारीले इन्धन चौकीको अगाडि अडान गरेर राखिएको गाडीका चालकको नजिक पुग्दा संदिग्धले भाग्न थाले र गाडीले अधिकारीलाई ठक्कर दिए ,प्रहरीले भने। अर्का अधिकारीले गाडीमाआफ्नो हतियार चलाए ।

प्रहरीले पीछा गरेको र चालक र दोस्रो संदिग्धलाई समातिएको बताए । दुबै संदिग्धलाई हिरासतमा लिएपछि संदिग्ध मध्ये एकलाई बन्दुकको गोली लागेको थियो ।

संदिग्धलाई अस्पताल लगिएको छ र उनको अवस्था अवस्था स्थिर छ। माल बाहक सवारी साधनले ठक्कर दिने अधिकारीलाई चोटपटकको कारण अस्पताल लगिएको थियो। दुवै जनालाई रिहा गरिएको छ ।

प्रतिक्रिया