रुसको कब्जामा रहेको युक्रेनको बजारमा भएको गोलाबारीमा कम्तीमा २५ जनाको मृत्यु

इनेप्लिज २०८० माघ ७ गते १४:४२ मा प्रकाशित

रुसको कब्जामा रहेको युक्रेनको डोनेट्स्क शहरको बाहिरी भागमा रहेको एक बजारमा आइतबार भएको गोलाबारीमा कम्तीमा २५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

टेकस्टिलश्चिकको उपनगरमा भएको आक्रमणमा दुई बालबालिका सहित थप २० जना घाइते भएको डोनेट्स्कमा रुसले स्थापना गरेको अधिकारीका प्रमुख डेनिस पुशिलिनले बताए । उनले उक्त गोला युक्रेनी सेनाले प्रहार गरेको बताए । कीभले घटनामा टिप्पणी गरेको छैन ।

पुसिलिनले उक्त क्षेत्रमा कुराखोभ र क्रास्नोहोरिभकाको दिशाबाट पश्चिमतर्फ गोला प्रहार गरिएको बताए । उनले घटनास्थलमा आकस्मिक सेवाले काम जारी राखेको पनि पुष्टि गरे । एक विज्ञप्तिमा रुसी विदेश मन्त्रालयले युक्रेनलाई दोष लगाउदै आक्रमणलाई “आतंकवादी आक्रमण” भनेर वर्णन गरेको छ।

“कीभ शासनका यी आतंकवादी हमलाहरूले शान्ति र कूटनीतिक माध्यमबाट यस द्वन्द्वको समाधान प्राप्त गर्न राजनीतिक इच्छाशक्तिको कमीलाई स्पष्ट रूपमा देखाउँछन्,” उनले भने। स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी मानवरहित यान (ड्रोन)ले आक्रमण गरेको र ग्यास ट्याङ्की विस्फोट भएको बताएको छ ।

सेन्ट पिटर्सबर्गबाट १६५ किलोमिटर दक्षिणपश्चिममा रुसको दोस्रो ठूलो प्राकृतिक ग्यास उत्पादक नोभेटेकद्वारा सञ्चालित स्थलमा आगलागी भएको थियो।

एक विज्ञप्तिमा सँस्थाले आगलागी “बाह्य प्रभाव” को परिणाम भएको आरोप लगाएको छ भने यसले बन्दरगाहमा सञ्चालनमा रोक लगाएको पनि जनाएको छ ।

रुसी अधिकारीहरूले यसअघि गत बिहीबार सेन्ट पिटर्सबर्गको बाहिरी क्षेत्रमा युक्रेनी मानव रहित यान (ड्रोन) खसालेको पुष्टि गरेका थिए।

प्रतिक्रिया