इजरायली सेनाले वेस्ट बैंक( पश्चिम किनारा)मा एक अमेरिकी किशोरको गोली हानी हत्या गरेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।
पश्चिम किनारा(वेस्ट बैंक)मा इजरायली सेनाले शुक्रबार एक प्यालेस्टिनी-अमेरिकी किशोरलाई गोली हानी मारेको प्यालेस्टाइनी अधिकारीहरूले रोयटर्सलाई बताए। इजरायली सेनासँगको झडपको क्रममा १७ वर्षीय किशोरलाई गोली लागेको थियो र पीडितका काकाले रोयटर्सलाई भने।
अमेरिकी विभागका प्रवक्ताले पुष्टी गर्दै पश्चिम किनारामा एक अमेरिकी नागरिकको मृत्यु भएको सिबिएसन्यूजलाई बताए । “हामी घटनाको परिस्थिति बुझ्न काम गरिरहेका छौं र इजरायल सरकारलाई थप जानकारीको लागि सोधेका छौं।”
इजरायली प्रहरी प्रवक्ता इकाईले शुक्रबार दिउँसो एक विज्ञप्तिमा जारी गरि घटनाको प्रतिवेदन प्राप्त भएको जनाएको छ । प्यालेस्टिनी राष्ट्रिय निकायको आधिकारिक समाचार वाफाका अनुसार किशोरको टाउकोमा गोली लागेको थियो।
रामल्लाहको पूर्वमा रहेको एउटा सानो प्यालेस्टिनी शहरमा गोली हानाहान भएको वाफाले बताएको छ ।
हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आफ्नो रक्तपातपूर्ण आतंककारी हमला गरेपछि पश्चिम किनारामा तनाव बढेको छ, जसबाट इजरायल-हमास युद्ध सुरु भएको छ।
प्रतिक्रिया