भर्जिनियामा नेपाली अमेरिकन हेरिटेज दिवस मनाउन सयुक्त संसदमा प्रस्ताव पेश , हरेक बर्ष त्यही दिनमा मनाउने

इनेप्लिज २०८० माघ ५ गते २२:५६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा अप्रिल १५ ,२०२४ का दिनलाई नेपाली अमेरिकन हेरिटेज डे (परम्परा दिवस ) मनाउन सयुक्त संसदमा प्रस्ताव पेश गरिएको छ । साथै हरेक बर्ष उही दिनमा नेपाली अमेरिकन हेरिटेज डे ( परम्परा दिवस )समेत मनाउने प्रस्ताव गरिएको छ ।

यो सङ्कल्प(रेजोलुसन) भर्जिनियाको राजधानी रिचमण्ड स्थित सयुक्त सदनमा पेश गरिएको छ । भर्जिनियाको तल्लो सदन र माथिल्लो सदन दुवैले पारित गरे पछि यही बर्ष २०२४ देखि नै नेपाली समुदायले नेपाली अमेरिकन हेरिटेज डे (परम्परा दिवस) मनाउन पाउने छन् ।

भर्जिनिया राज्यको हर्नडन निवासी तथा हर्नडन निर्वाचित नगर परिषद सदस्य प्रदिप ढकालले यसको लागि अहोरात्र खटिई आन्तरिक रुपमा महिनौ सम्म पछाडीबाट सम्पूर्ण काम गरेका हुन् । तर उनलाई यसै समुदायका सामाजिक अभियन्ता सुमनराज तिम्सिना लगायत समुदायका अन्य अगुवाहरुले प्रत्यक्ष एवम् परोक्ष रुपमा सहयोग र साथ दिएको ढकालले ईनेप्लिजलाई बताए ।

तर प्रस्ताव पेश गर्ने मुख्य रुपमा भर्जिनियाकी बिधान सभा सदस्य अर्थात् सांसद आईरिन शिनले सयुक्त सभा पेश गरेकी छन् । उनि जिल्ला ८ कि बिधान सभा सदस्य हुन् । उनि डेमोक्र्याटिक दलकि जन प्रतिनिधि हुन् भने उनको क्षेत्र फेयरफ्याक्स काउन्टीको केही भाग पर्दछ । उनि सन् २०२२ देखि नै जिल्ला ८ को लागि निर्वाचित सांसद हुन् ।

ढकालले यो छिट्टै पारित हुनेमा आफू बिश्वस्त रहेको र यो सबै नेपालीहरुको लागि गर्वको बिषय हुने बताए ।

प्रतिक्रिया