भर्जिनियाको लाउडन काउन्टीको बीच सडकमै सानो बिमान आकस्मिक अवतरण , चमत्कारिक रुपमा सबै सकुशल

इनेप्लिज २०८० माघ ५ गते २०:५९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको लाउडन काउन्टीको बीच सडकमै सानो बिमान आकस्मिक अवतरण गरेको छ । चमत्कारिक तथा ईश्वरको कृपाले सबै सकुशल अवतरण भएका छन् ।

लाउडन काउन्टी प्रहरी बिभागका अनुसार कुनै चोटपटक भएको कुनै विवरण दिईएको छैन ।

प्रहरीका अनुसार एउटा सानो निजी विमान जनवरी १९ ,शुक्रबार दिउँसो लाउडन काउन्टी पार्कवे नामक सडकमा आपतकालीन अवतरण गरेको जनाएको छ ।

अमेरिकी पूर्वीय समय अनुसार दिउँसो १२:५१ बजे भएको आपतकालीन अवतरणमा कसैलाई पनि कुनै पनि चोटपटक नलागेको बताईएको छ । उक्त दुर्घटना डिसी क्षेत्रकै प्रसिद्ध डलस अन्तरराष्ट्रिय बिमानस्थल नजिक भएको हो ।

लाउडन काउन्टी पार्कवेको दक्षिणतर्फको मार्गहरू बन्द गरिएको थियो । निरन्तर हिमपात र जाडो मौसमले शुक्रबार डिसी महानगर क्षेत्र वरपर यातायातलाई असर परेको थियो । शुक्रबार बिहान रोनाल्ड रेगन वाशिंगटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न बन्द गरिएको एनबिसीवाशिंगटनले जनाएको छ ।

उक्त विमान सदर्न एयरवेज एक्सप्रेस उडान २४६ भएको प्रहरीले बताएको छ । लाउडन काउन्टीले घटनास्थलको व्यवस्थापन गरिरहेको छ भने डलस विमानस्थलमा उडान र अवतरण खुला रहेको छ ।

प्रतिक्रिया