अमेरिकाका बिभिन्न राज्यहरुमा हिमपात जारी ,१० करोड मानिसहरु जाडो सतर्कता अन्तर्गत

इनेप्लिज २०८० माघ ५ गते १२:०८ मा प्रकाशित

अमेरिकाका बिभिन्न राज्यहरुमा हिमपात जारी रहेको छ भने १० करोड मानिसहरु जाडो सतर्कता अन्तर्गत रहेका छन । यस पटक डिसी क्षेत्रमा निरन्तर हिमपात भएको कारण बिद्यालय बन्द हुनुको साथै सरकारी कार्यालयहरु समेत बन्द र आंशिक बन्द हुने भएको छ । सयौ उडानहरु रद्ध भएका छन् ।

शुक्रबार बिहान इन्डियानादेखि डेलावेयरसम्म धेरै ठाउँमा हिउँ परिरहेको छ।

मध्य-एट्लान्टिक र उत्तरपूर्वी भागहरूमा हिमपात सर्ने क्रममा शुक्रबार बिहानै अमेरिका भरिका १० करोड भन्दा बढी मानिसहरू जाडो सतर्कता अन्तर्गत छन्।

शुक्रबार बिहान इन्डियानादेखि डेलावेयरसम्म धेरै स्थानहरूमा हिउँ परिरहेको छ । सिनसिनाटी, पिट्सबर्ग, वाशिंगटन, डिसी, बाल्टिमोर, फिलाडेल्फिया जस्ता शहरहरूमा बिहान गाडी चिप्लने सम्भावना रहेकोले सावधान अपनाउन राज्य तथा स्थानीय निकायले सूचना जारी गरेको छ ।

लगभग २ देखि ५ इन्चको एकदम सानो हिमपात परेको छ भने केही स्थानीय स्थानहरूले हिमपात समाप्त हुँदा ६ इन्च माथि पुग्न सक्ने बताईएको छ ।

प्रतिक्रिया