डिसीमा विस्फोट ,बालबालिका हेरचाह केन्द्रमा रहेका १६ बालबालिकालाई समयमै उद्धार

इनेप्लिज २०८० माघ ५ गते ०:२८ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा विस्फोट भएको छ । प्रहरीका अनुसार उक्त भवन छेउमै रहेको डे केयर अर्थात् हेरचाह केन्द्रमा रहेका १६ बालबालिकालाई समयमै उद्धार गरिएको छ ।

बिहीबार बिहान ग्याँस चुहावटको खबर गरे पछि दक्षिणपूर्वी डिसीमा एउटा भवन विस्फोट भयो। एक जनालाई सामान्य चोटपटक लागेको छ भने तर नजिकैको डे केयर सेन्टर(शिशु केन्द्र)मा रहेका १६ जना बालबालिकालाई समयमै बाहिर निकालिएको र सुरक्षित रहेको अधिकारीहरूले बताएका छन्।

विष्फोट हुनुभन्दा १५ मिनेटअघि बालबालिकालाई बाहिर निकालिएको थियो ।

डिसीको १२०० भवन समूहमा विस्फोट भएको थियो। सुविधा पसलको घर भएको एउटा भवन तथा अन्य दुई भवनमा क्षति पुगेको छ। अग्नि नियन्त्रणहरुले विस्फोट हुनु अघि भवन र छिमेकी भवनहरूबाट मानिसहरूलाई बाहिर निकालेका थिए।

उनीहरुको द्रुत सोचाइले सबैको ज्यान बचायो र त्रासदीबाट जोगिएको नगर प्रमुख मेयर म्युरिएल बाउजरले भनिन ।

“हामी सबैलाई बाहिर निकाल्न आवश्यक निर्णय गरेकोमा अग्निनियन्त्रकहरूप्रति आभारी छौं,” उनले भनिन्।

प्रतिक्रिया