कारागारमा बम्जनको दैनिकी, कसैसँग बोल्दैनन्, लसुन प्याज खादैनन्, भजन किर्तन गर्दैनन टिभी मात्र हेर्छन (भिडियो सहित)

इनेप्लिज २०८० माघ ४ गते २३:१७ मा प्रकाशित

क्षमताभन्दा दुई गुणा बढी कैदी बन्दी राखिएको जलेश्वर कारागारका ५ सय ९३ जना कैदीबन्दीमध्ये एक हुन्, रामबहादुर बम्जन । सर्लाही जिल्ला अदालतको आदेशपछि जलेश्वर कारागार पुगेका बम्जनले सुरुआती दिनमा छुट्टै सुत्ने खाट र कोठा माग गरे पनि कारागारले उनलाई सामूहिक रुपमै अन्य कैदी बन्दीसँगै राखेको छ ।

कारागार प्रमुख रामचन्द्र साहले कारागारभित्र क्षमताभन्दा बढी कैदी बन्दीलाई नै राख्न समस्या भइरहेकाले बम्जनको माग पूरा गर्न नसकिएको बताए । ‘सुत्ने ठाउँ अभावका कारण त्रिपाल टाँगेर कैदी तथा थुनुवाहरु बसिरहेका छन्,’ प्रमुख साहले भने, ‘हामीले अन्य कैदी बन्दीसरह नै उहाँलाई पनि राखेका छौँ ।’

२७ गते बिहान बम्जनले कारागारको संयुक्त भान्साको खाना नखाने भन्दै लसुन, प्याज समेत नराखेको शुद्ध साकाहारी खाना माग गरेका थिए । कारागार प्रमुख साहले उनलाई २ दिनसम्म कारागारमा रहेका कैदी बन्दी साधुसन्तहरु सँगै खाना खुवाएको बताए ।

कारागार प्रशासनका अनुसार दुई दिनसम्म बम्जन मन्दिर परिसरमा बिहानको समय ध्यानमा बसेका थिए । बम्जनको अनुरोधपछि प्रशासनले आइतबारबाट सेवा सत्कारको लागि भन्दै एकजना सहयोगी नियुक्त गरेको छ । लागूऔषध मुद्दामा जेल चलान भएका नरवीर लामा अहिले बम्जनका सहयोगी छन् । बम्जनको लागि खाना पकाउने, अन्य काममा सघाउने, अह्राएको काम गर्ने गरी लामालाई बम्जनको सहयोगीको रुपमा नियुक्त गरेको कारागार प्रशासनले जनाएको छ ।

https://www.youtube.com/watch?v=F5IJFxpwP7Q

प्रतिक्रिया