गैर आवासीय नेपाली संघ भर्जिनियाले गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा कार्यक्रम गर्दै

इनेप्लिज २०८० माघ ३ गते २१:३६ मा प्रकाशित

गैर आवासीय नेपाली संघ भर्जिनियाले गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा कार्यक्रम गर्ने भएको छ । एनआरएनए भर्जिनिया शाखाका सचिव गेहेन्द्र पोखरेलद्वारा सामाजिक संजाल मार्फत सूचना सार्वजनिक गर्दै नेपाली नागरिकता सम्बन्धमा कार्यक्रम गर्ने भएको जनाएका छन् ।

गैरआवासीय नेपाली संघ, अमेरिका भर्जिनिया च्याप्टर(शाखा)ले राष्ट्रिय समन्वय परिषद्, अमेरिका सँगको सहकार्यमा नेपाल सरकारबाट वितरण गरिएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा न्याभीगेटिङ्ग एनआरएन सिटिजनशीप च्यालेनजेज अ थटफूल डिस्कसन प्रोग्राम अन द इसु एण्ड सोलुसन बिषयमा हुने भएको छ ।

आगामी जनवरी २०, २०२४ (शनिवार) का दिन साँझ ५:०० बजे (पूर्वीय समय ) अनुसार हुने भएकोले सबैलाई सहभागिताको लागि आह्वान गरिएको छ । कार्यक्रम भर्जिनिया राज्यको मनासस शहरको बेस्ट वेस्टर्न ब्याटलफिल्ड नामक होटल (अतिथि गृह)मा हुने भएको छ ।

कहिले :जनवरी २०, २०२४ (शनिवार)
समय : साँझ ५:०० बजे (पूर्वीय समय )
स्थान : Best Western Battlefield Inn, 10820 Balls Ford Rd, Manassas, VA 20109

प्रतिक्रिया