अमेरिकाको लगभग सबै राज्यहरुमा भारी हिमपात, हावा र बरफ ल्याउने कीर्तिमानी तापक्रम पुग्न गएको छ । १० करोड मानिसहरू चिसोको चेतावनीको सतर्कतामा रहेका छन् ।
कीर्तिमानी रुपमा तापक्रम घटेको छ भने सोमबार बिहानको यात्रालाई खतरनाक भन्दै सावधान रहन आग्रह गरिएको छ ।
हिमपात अमेरिकाको दक्षिण तर्फ बढ्ने एबिसीन्यूजले समाचार लेखेको छ ।
ओरेगनदेखि मिसिसिपीसम्म सोमबार र मङ्गलबार १४० भन्दा बढी क्षेत्रमा दैनिक चिसो अभिलेख (रेकर्ड) तोडिन सकिने सॅभावना रहेको छ ।
मेम्फिस, ड्यालस र न्यासभिलको तापक्रम लगातार ७२ घण्टासम्म चिसोभन्दा न्यून रहने अपेक्षा गरिएको छ।
शून्य भन्दा तल न्युन तापक्रम रहने छ भने कैयो राज्यहरुमा शून्य तापक्रम भन्दा ३० डिग्री मूनी तापक्रम रहेको छ ।
साथै दक्षिण तर्फ १० देखि २५ माइल प्रतिघण्टाको हावा चल्ने छ भने अमेरिकाको साउथ डकोटामा -४५ डिग्री मूनी तापक्रम पूगेको छ ।
प्रतिक्रिया